नेपालगन्ज : बाँकेको खजुरा गाउँपालिकाका वडा अध्यक्षले सवारी साधन गरिद गर्न विनियोजन भएको रकम प्राविधिक विद्यालय स्थापनामा लगाएका छन् ।
खजुरा गाउँपालिकामा रहेका ८ वडाका वडाध्यक्षको लागि सवारी साधन खरिद गर्न छुट्याइएको ३० लाख रुपैयाँ वडाध्यक्षले नलिएर प्राविधिक शिक्षाका लागि लगानी निर्णय गरेका हुन् ।
उक्त रकममा गाउँपालिकाले १० लाख रुपैयाँ थप गरेको छ । वडा अध्यक्षको सहयोगमो चार कोठे भवनको निर्माण हुने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए । साविकका उढरापुर, सोनपुर र रनियापुरका मधेसी तथा मुस्लिम बाहुल्य क्षेत्रलाई लक्षित गरी ४० लाखको लागतमा उक्त भवन निर्माण गर्न लागिएको उनले बताए ।
खजुरा गाउँपालिका ६ स्थित भानु मावि उढरापुरमा निर्माण गर्न लागिएको उक्त भवनको शिलान्यास गरिएको छ । बाँकेका स्थानीय तहले सवारी साधन खरिदमै करोडौं खर्च गरिरहेका बेला खजुरा गाँउपालिकाको उक्त वडाले शिक्षालय स्थापनामा लगानी गर्नुलाई सकारात्मक रुपमा हेरिएको छ । स्थानीय तहमा जनताका समस्या र विकास निर्माण भन्दा जनप्रतिनिधिका लागि विलासीका सवारी साधन खरिदमा प्रतिस्प्रर्धा चलेको देखिन्छ ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा