नेपालगन्ज: देशमा घरेलु तथा साना हातहतियारको विगविगि भइरहेको अवस्थामा नेपाल प्रहरीलाई ठूलो सफलता मिलेकोछ । खुला सीमाना र अपराधिक गतिविधीको उच्चतम जोखिम रहेको बाँकेको नेपालगन्जमा प्रहरीले हतियार बनाउने कारखाना फेला पारेको छ ।
प्रहरीले नगरमै हतियार मर्मत गर्नु, नयाँ हतियार बनाउने देखि लिएर बिक्रि समेत गरिने सूचना पाएपछि त्यसको अनुसन्धानमा लागेको थियो ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर पाँच साविक ८ डिएसपी रोडमा उक्त हतियार बनाउने कारखाना फेला पारेको हो । नेपालगन्जको डिएसपी रोडमा रहेको हतियार बनाउने कारखाना प्रहरीले फेला पारेको वडा प्रहरी कार्यालय, नेपालगन्जका प्रहरी निरीक्षक नारायण डाँगीले सेतोखरीलाई जानकारी दिए ।
डाँगीका अनुसार सो कारखानामा आज शुक्रबार छापा मारेर हतियार र हतियार बनाउन प्रयोग गरिने सामाग्री सहित एकजनालाई पक्राउ गरेको छ । प्रदेश नम्बर ५ प्रहरी अनुसन्धान समूह र वडा प्रहरी कार्यालय, नेपालगन्जको संयुक्त टोलीले जंगबहादुर नेपालीले नेपालगन्ज डिएसपी रोडमा सञ्चालन गरेको उक्त कारखानामा छापा मारेको हो ।
प्रहरीले हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा ७ थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, एयर गन, पेष्तोल १ थान, लामो स्प्रिङ्ग ३ थान, बाकस, आरन लगायतका सामाग्री बरामद गरेको प्रहरी निरीक्षक डाँगीले जानकारी दिए ।
हतियार कारखाना सञ्चालन गरेका जंगबहादुरले हतियार मर्मतको अनुमति लिएर नयाँ हतियारसमेत बनाएर विक्री गर्ने गरेको तथ्य प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । बरामद गरेका हतियार र कारखाना सञ्चालन गरेका जंगबीरलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा हिरासतमा राखिएको छ ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश