उपमहानगर र पत्रकार महासंघ रकम अनियमितता (भाग ५)
नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाले नेपाल पत्रकार महासंघ बाँकेलाई दिएको रकममा अनियमितता भएको भन्दै छानविन गर्न बनेको छानविन समितिमा उपमेयर उमा थापा मगरले दवाव दिइरहेको बताइएको छ । उपमेयर थापाले छानविन समितिका सदस्यहरुलाई आफु अनुकुल प्रतिवेदन आउने गरी छानविन गर्न दवाव दिइरहेको उपमहानगरका कर्मचारीले जानकारी दिए ।
उपमहानगर स्रोतले भन्यो ‘उपमेयर ज्यूले छानविन समितिका केही सदस्यलाई पालैपालो आफ्नो कोठामा गोप्य रुपमा बोलाउने र त्यसै अनुसार छानविन गर्न भन्नु भएको रहेछ, ती सदस्यले बाहिर आएर मलाई भने । छानविन समितिमा सुरुमै टाँठाबाठा वडा अध्यक्ष तथा सदस्यहरु कोही पनि बस्न नमानेपछि अलि सिधा छानी–छानी समिति बनाइएको थियो ।’
उपमहानगरपालिकाले कार्यपालिका सदस्य कौशल कुमार धोवीको संयोजकत्वमा ५ सदस्यीय छानविन समिति गठन गरेको छ । उक्त समितिलाई ७ दिनको म्याद दिइएको छ । नेपालगन्ज उपमहानगरपालिकाले सञ्चार पत्रकारिता विकास कार्यक्रमको लागि विनियोजन गरेको ९ लाख ३४ हजार मध्येको रकमबाट नेपालगन्ज उपमहानगरपालिकाका प्रेस सल्लाहकार शुक्रऋषी चौलागाई र पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष थारु मिलेर हिनामिना भएको हो ।
नक्कली हस्ताक्षर र नक्कली बील बनाएर चौलागाइ र थारुले रकम हिना–मिना गरेका हुन् । उपमहानगरपालिकाले छुट्याएको सञ्चार पत्रकारिता विकास कार्यक्रम अन्र्तगत महासँघलाई दिएको रकममा किर्ते हस्ताक्षर गरी भत्ता बुझेका थुप्रै प्रमाणहरू समेत सार्वजनिक भईसकेका छन् । थप हुनेक्रममै छन् ।
यो विषयले जताततै चर्चा पाएपछि नेपालगन्ज उपमहानगरपालिकाले उक्त प्रकरणको छानबिनका लागि एउटा समिति बनाएको थियो । पत्रकार महासँघ बाँकेका अध्यक्ष थारुले तयार पारेर नगरपालिका बुझाएको हरहिसावको प्रतिवेदनमा सहजकर्ताको रुपमा महासँघका पूर्वकेन्द्रिय अध्यक्ष धर्मेन्द्र झा र बाहालवाला केन्द्रिय वरिष्ठ उपाध्यक्ष विपुल पोखरेल सहित दुई दर्जन भन्दा बढी पत्रकारको नक्कली सस्ताक्षर गरी रकम हिनामिना गरेको विभिन्न प्रष्ट रूपमा देखिएको छ ।
उपमहानगरद्वारा गठित उक्त समितिलाई प्रभावमा पारी उपमेयर थापाले छानबिन प्रक्रियामा अप्ठयारो पारिरहेको खुलेको छ । छानबिन टोलीले आफ्नो काम अघि बढाईरहेका बेला उपमहानगरपालिकाका उपमेयर थापाले उक्त समितिलाई छानबनिका क्रममा ब्यापक दबाब र तनाव दिइरहेको उपमहानगर स्रोतले बतायो । उपमहानगरले प्रेस सल्लाहकार चौलागाइलाई निलम्बन गरिसकेको छ ।
उक्त किर्ते हस्ताक्षर प्रकरणमा कार्यक्रममै उपस्थित नभएका झा र पोखरेलको नाममा नक्कली हवाई टिकट, सहजकर्ताको भत्ता, दुई दिनसम्म बास बसाएको नक्कली बील पेस अध्यक्ष थारू र उपमहानगरपालिकाका प्रेस सल्लाकार चौलागाईले उपमहानगरपालिकामा पेश गरेका छन् ।
प्रत्येक प्रतिबेदन र बीलमा पत्रकार महासंघ बाँकेको छाप हस्ताक्षर र प्रेस सल्लाहकार चौलागाइको हस्ताक्षर रहेको छ । ‘पैसा देखे महादेवका तीन नेत्र’ भने झै छानबीन समितिलाई नै प्रभावमा पार्ने काममा उपमेयर थापाको सक्रियता बढेको छ ।
२०७५ जेठ ३० गते नेपालगन्जस्थित स्वस्तीक कटेज एण्ड रेष्टूँरेन्टमा भएको मिडिया दिगो विकास र यसका चूनौती विषयक छलफल कार्यक्रममा एक दर्जन भन्दा बढी पत्रकारको नक्कली रकम बुझेको नक्कली हस्ताक्षर गरिएको छ । छानबिन समितिका एक सदस्य ओमकारनाथ मिश्रले छानविन प्रक्रिया चलिरहेको बताएका छन् । उनकाअनुसार छानविनका क्रममा केही जटिलता देखिएकोले अलि कति समय धेरै लागने सक्ने देखिएको छ । काम गरिरहेका छौं उनले भने ‘साह्रै गाह्रो देखिएको छ तर, अनुसन्धान जारी छ ।’ उपमेयरले भनेरै समिति गठन भएको हो उनले भने ‘उहाँले समितिका अरू सदस्यलाई दबाब दिए नदिएको मलाई थाहा भएन तर, मलाई चाँही कसैको पनि दबाब आएको छैन् ।’
उनकाअनुसार आर्थिक चलखेलको प्रकरण भएकोले तोकिएकै समयमा छानबिन पुरा गरी प्रतिवेदन दिन सकिदैन् । उनले भने ‘छानविन समितिको पहिलो म्याद शनिबार सकिदैछ ।’ हामी आईतबार फेरि बस्छौ मिश्रले भने ‘त्यसपछि मात्र प्रतिवेदन तयारका लागि प्रक्रिया अघि बढ्छ ।’ उनकाअनुसार तत्कालै प्रतिवेदन आउने /नआउने अन्यौल छ ।
उपमहानगरपालिकाका उपमेयर उमाथापा मगरसँग यस विषयमा बुझ्न शुक्रबार दिउँसो सेतोखरीले पटक/पटक टेलिफोन गर्दा घण्टी गएपनि उनको टेलिफोन उठेन् । फोन नउठेका कारण उनीसँग सम्पर्क हुन सकेन् ।
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?
नेपालगन्जका वडा अध्यक्ष र सचिवसहित चारजनाविरुद्ध भ्रष्टाचार मुद्दा