नेपालगन्ज : साईकलजस्तै तर मानिसले आफ्ना दुवै खुट्टाले पाईडल धकेलेर हातले हेण्डललाई नियन्त्रण गरि चलाईने तीन पाङ्ग्रे सवारी साधन ‘रिक्सा’ हो । नेपालगन्जका विभिन्न स्थानमा सहजै पुग्ने सवैको पहुँच भएको साधन रिक्साको यात्रा नगर्ने विरलै पाइन्छ । सवारी साधनको रुपमा कुनैबेला नेपालगन्जमा एकछत्र राज गरेको रिक्सा आजभोली लोप भइसकेकाछन् । यस्ता रिक्सा नेपालगन्ज र त्यस आसपासका क्षेत्रमा हजारौंको संख्यामा थिए । तर आजभोली मानवद्वारा चलाइने यस्ता रिक्सा नेपालगन्जमा हामी नगन्य अवस्थामा भेट्छौ । जुन रिक्सा नेपालगन्जको परिचय पनि बनेको थियो । जो नेपालगन्ज र यसआसपासका क्षेत्रका गरीब तथा निम्न वर्गीय ब्यक्तिको रोजिरोटिको राम्रो माध्यम हुने गरेको थियो ।

प्रविधिको विकास, आधुनिक, सरल र सहज सवारीका रुपमा पछिल्लो समय नेपालगन्जमा ई–रिक्सा भित्रिएसंगै मानिसद्वारा खुट्टाबाट चलाउने यस्ता रिक्सा लोप हुनुका साथै थुप्रै रिक्सा चालकको रोजगारी समेत गुमेको छ । प्रविधिको विकास र मानिसले आफूलाई आधुनिकतामा ढालेसगै कतिपय रिक्सा चालकहरु यो ब्यवसाय छाडेर अर्कै ब्यवसाय गर्न बाध्य भए । केहीले जानी नजानी ई–रिक्सालाई नै आफ्नो जीविकोपार्जनको माध्यम समेत बनाइरहेकाछन् । केही ई–रिक्सा चलाउन जान्दछन् तर लाइसेन्स नहुँदा उनीहरु अन्य काम गर्न बाध्यछन् । ई–रिक्सा चलाउन केही ज्ञान, सीप र लाइसेन्सको ब्यवस्था हुनुपर्ने हुदाँ लामोसमयदेखि रिक्सा चलाइरहेका रिक्सा चालकहरु धरासयी भएको उनीहररु बताउछन् ।
सर्वसाधरण तथा यात्रुहरुपनि मानिसद्वारा खुट्टाले घचेटेर चलाईने रिक्सा भन्दा पनि ई–रिक्सामा यात्रासम्म पुग्न रुचाउने गर्छन । एकैपटक ८–१० जनालाई राखेर गन्तब्यसम्म पु¥याउँदा मनग्य आम्दानी हुनुका साथै समयको पनि बचत हुने गरेकोले ई–रिक्सामा यात्रुको रुची बढेको ई–रिक्सा चालकहरु बताउछन् । इन्धन अभावका कारण पेट्र«ोल र डिजेलबाट चल्ने यातायातका साधनको सञ्चालनमा कमी आएका बेला नेपालगन्जमा ब्याट्रीबाट चल्ने यस्ता ई–रिक्सा लोकप्रिय भएका छन् ।
बिजुलीबाट रिचार्ज हुने ब्याट्रीले चल्ने ई–रिक्साहरू इन्धन अभावले डिजेल र पेट्रोल गाडी नचलेका बेला झन उपयोगी हुनेगरेका छन् । बिजुली र ब्याट्रीबाट चल्ने यातायातका साधनको प्रयोगमा ध्यान पु¥याउन सके पेट्रोलियम पदार्थमाथिको निर्भरता स्वतः घट्नेछ । यात्रु बोकेर प्रतिघन्टा २० किलोमिटरको रफ्तारमा गुड्ने ई–रिक्साको बजार मूल्य साढे दुई लाखसम्म पर्ने गरेको छ । दैनिक रु दुई हजारसम्म कमाइ हुने यस्ता ई–रिक्साको ब्याट्री फूल चार्ज गरेपछि ९० किलोमिटरसम्म ढुक्कले गुड्ने गरेको ई–रिक्सा सञ्चालक बताउछन् । तर यकातिर सहज यातायातको साधन भएपनि निम्नवर्गीय परिवारको रोजिरोटी नै गुमाएकोले ई–रिक्साले समयअनुकुल आफूलाई पनि अध्यावधि गर्दै लानुपर्ने विषयमा पाठ सिकाएकोछ ।
सवै तस्विर ः विजय मल्ल
पूर्व प्रधानसेनापतिलाई पनि सरकारले बनायाे राजदूत
शुक्रबार, असोज २, २०८३
हल्लाबिना नै तयार हुन लाग्यो नेपालगन्जमा किरियापुत्री घर
आइतबार, मंसिर २, २०८१
बाँकेमा व्यावसायिक तरकारी प्रर्वद्धन गर्दै केन्द्र, छानिए दुई पालिका
शुक्रबार, कात्तिक २३, २०८१
रुकुम पश्चिममा जीप दुर्घटना दुई जनाको मृत्यु, १३ घाइतेमध्ये पाँचजना गम्भिर
दैलेखमा झिसमिसेमै खस्यो बिरामी बोकेको जीप, एकजनाको मृत्यु
भारतको बजारमा आगो दन्कियो, धनगढी उपमहानगरका दकमल पुगेर निभाए
आप्रवासन रोक्न माग गर्दै अष्ट्रेलियामा प्रदर्शन सुरु
डोल्पा जेल ब्रेक : भागेर जंगलमा बसेका दुई कैदीहरू, अब दुई जना बाँकी
बाँकेमा यी तीन युवाले बनाएको ‘फूल’को संसार