झापा र कैलाली च्याम्पियन भिड्दै


झापा र कैलाली च्याम्पियन भिड्दै

नेपालगन्ज ४ चैत : नेपालगन्जमा जारी एन्फा प्रेसिडेन्ट लिग–२०७७ तेस्रो दिन एक खेल हुदैँछ । नेपालगन्ज रङ्गशालामा भइरहेको उक्त प्रतियोगिता अन्र्तगत प्रदेश १ को च्याम्पियन सैनिक फुटबल क्लब झापा र सुदूरपश्चिम प्रदेशको च्याम्पियन स्टार सिटी युवा क्लब कैलालीबीच प्रतिस्प्रर्धा हुनेछ ।

‘एन्फा प्रेसिडेन्ट लिग–२०७७’ प्रचार– प्रसार उपसमितिका कमल खत्रीका अनुसार अपराह्न्न ४ बजे च्याम्पियनद्वय झापा र कैलाली मैदानमा उत्रिदैछन् । यसअघि उद्घाट खेलमा सुदूरपश्चिमको च्याम्पियन स्टार सिटी युवा क्लबले प्रदेश २ को मनकामना युवा क्लब रौतहटलाई ३–० को अन्तरमा हराएको थियो ।

चैतको १५ गतेसम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को च्याम्पियन सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को च्याम्पियन मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को च्याम्पियन धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट च्याम्पियन धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को च्याम्पियन लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको च्याम्पियन स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । त्यस्तै विद्यागत रुपमा फेयर प्ले र सर्वोत्कृष्ट खेलाडीले ५० हजार पाउने छन् भने उत्कृष्ट गोलकिपर, डिफेन्स, मिडफिल्डर, स्ट्राइकर, प्रशिक्षकले जनही २५ हजार पाउने आयोजकले जनाएको छ ।

Kids Festival 2022
kanti aarogya hospital
add

यसैगरी प्रतियोगिता अन्तर्गत भोली बिहीबार दुई खेल हुनेछ । जसमा पहिलो खेल मध्यान्ह १ बजे प्रदेश २ को च्याम्पियन मनकामना युवा क्लब रौतहट र लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी स्पोर्ट क्लब, बाँकेबीच प्रतिस्प्रर्धा हुनेछ ।

प्रतियोगिता अन्र्तगत दोस्रो दिन भएको खेलमा लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी स्पोर्ट क्लबले गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब लमजुङ्गलाई १–०ले हराएको थियो ।

यस्तै दोस्रो खेल बेलुका ४ बजे बागमति प्रदेशको च्याम्पियन धादिङ्ग समाज, धादिङ्ग र गण्डकी प्रदेशको च्याम्पियन त्रिवेणी युवा क्लब, लमजुङ्गबीच प्रतिस्प्रर्धा हुनेछ ।
पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।