एकै दिन दुर्घटनामा चारको मृत्यु


एकै दिन दुर्घटनामा चारको मृत्यु

नेपालगन्ज: सडक दुर्घटनामा परि एकै दिन चार जनाको मृत्यु भएको छ । आईतबार आज बाँके र बर्दियामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा चारजनाको मृत्यु भएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिका–९ बनगईमा आज आईतबार विहान दुईवटा मोटरसाइकल एकआपसमा ठोक्किँदा तीनजनाको मृत्यु भएको छ ।

दुर्घटनामा बर्दिया मधुवन नगरपालिका–१ इन्द्रपुरका २१ वर्षीय सुरज चौधरी, १४ वर्षीया कृष्णा चौधरी र बारबर्दिया नगरपालिका–९ का खगेन्द्र बस्नेतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बाँसगढीका प्रहरी निरीक्षक बसन्त गौतमले सेतोखरीलाई जानकारी दिए ।

उनीहरुमध्ये सुरज र कृष्णाको घटनास्थलमै र खगेन्द्रको उपचारका लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले बताएको छ । पूर्वबाट पश्चिम जाँदै गरेको भे ८ प ६९६८ र बिपरीत दिशाबाट आइरहेको बा ९१ प ९३७७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदाँ दुर्घटना भएकोे हो ।

Kanti Aarogya Hospital Nepalgunj

यसैबीच आज विहान करिव पौने १० बजेतिर नेपालगन्जको कारकाँदोस्थित सिद्र्धाथ भ्यू होटल नजिकै ना ८ ख १६८४ नम्बरको ट्रकले ठक्कर दिंदा साइकलमा सवार एक जना बृद्धको मृत्यु भएको छ । नेपालगन्ज उपमहानगरपालिका–२० मनिकापुर निवासी ६५ वर्षीय बलराम मिश्रको मृत्यु भएको प्रहरीले जनाएकोछ ।