औपचारिक रुपमा शुरु भयो होली पर्व


औपचारिक रुपमा शुरु भयो होली पर्व

File Photo

नेपालगन्ज ८ चैत : चीर ठड्याएसँगै राजधानी काठमाडौंलगायत मुलुकभर औपचारिक रुपमा होली पर्व सुरु भएको छ ।

प्रत्येक वर्ष फागुन शुक्ल अष्टमीका दिनदेखि सुरु हुने फागु पर्व वसन्तपुर अगाडि विधिवत रुपमा आज चीर उठाएपछि सुरु भएको मानिन्छ ।

Kanti Aarogya Hospital Nepalgunj

बिहानको शुभसाइतमा बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर चीर उठाइएको हो । चीर ठड्याउन नेपाली सेना, गुर्जुको पल्टनलगायतले सहयोग गरेको थियो ।

प्राचीन समयमा प्रल्हादले शिवशक्तिको आराधना गरेपछि त्यस्तो आध्यात्मिक गतिविधि मन नपराएर उनको सुनियोजितरूपले हत्या गर्ने उद्देश्यले होलिकाले उनलाई लिएर बलिरहेको आगोमा हाम फाल्दा प्रल्हादलाई केही नभएको तर आगोले नजल्ने बरदान पाएकी होलिका आफै जलेको कथा हिन्दू धर्मशास्त्रमा उल्लेख छ ।