चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा आज एकैसाथ गैंडा गणना सुुरु
File Photo
बर्दिया ९ चैत : गैंडाको यकिन तथ्यांक थाहा पाउन आगामी चैत १७ गतेदेखि बर्दिया राष्ट्रिय निकुञ्जमा गणना शुरु गरिदैं छ । तोकिएको समयभन्दा करिब दुई वर्षपछि विश्वकै दुर्लभ मानिने एक सिङे गैँडाको गणना आजदेखिसुरु भएपनि बर्दिया राष्ट्रिय निकुञ्जमा आगामी चैत १७ गतेबाट गैडा गणना गरिदैछ ।
आजबाट शुरु भएको गैंडा गणनाको सबै तयारी पूरा भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । चितवन र पर्सा राष्ट्रिय निकुञ्जका गैंडाको आज एकैसाथ गणना शुुरु गरिँदै छ ।
वन तथा भूसंरक्षणमन्त्री प्रेम आलेमगरले पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरमा वनदेवीको पूजा गरी गैँडा गणनाको सुरुआत गर्ने कार्यक्रम रहेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख अणनाथ बरालले जानकारी दिए । गैँडा गणना राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा हुन लागेको हो ।
चितवन र पर्सालाई एउटा ब्लक बनाइएको छ । यी दुई निकुञ्जमा आजदेखि तथा बर्दिया राष्ट्रिय निकुञ्जमा चैत १७ गतेदेखि र शुक्लाफाँटामा चैत्र १९ गतेदेखि गणना सुरु हुँदैछ ।
दुई निकुञ्जमा गैँडा गणना गर्न कम्तीमा २० दिन लाग्ने अनुमान छ । चैत २९ गतेसम्ममा चारवटै निकुञ्जमा गैँडा गणना सकेर वैशाख पहिलो साता नतिजा सार्वजनिक गर्ने गरी तयारी गरिएको छ ।
पाँच–पाँच वर्षमा गैँडा गणना गर्ने भनिए पनि अघिल्लो वर्ष कोरोना भाइरस (कोभिड–१९) र त्यसअघि बजेट अभावका कारण गैँडा गणनाको काम रोकिएको थियो ।
यसैबीच बर्दियामा आगामी चैत १७ गतेबाट गैंडा गणना गर्ने गरी तयारी भैरहेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले बताए ।
चैत १७ गते गैंडा गणनाका लागि छनोट भएका कर्मचारीलाई तालिम दिइने र त्यहि दिनदेखि नै गैंडा गणनाका लागि फिल्डमा जाने उनले बताए । बर्दिया राष्ट्रिय निकुञ्जका १० वटा र एनटीएनसीको एउटा गरी ११ वटा हात्ती तयारी अवस्थामा रहेको उनले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्जको गैडा पाइने ५ वटा ब्लकमा गैंडा गणना गरिने छ । बबई भ्याली, गैंडा मचान ब्लक, हेडक्वाटर ब्लक, डल्ला र हात्ती मचान ब्लकमा गैंडा गणना गरिने छ ।
यसअघि २०१९ मा बर्दियामा गैंडा गणना गरिएको थियो । अहिले बर्दियामा ३७ वटा गैंडा रहेको तथ्यांक छ । यस वर्ष गैंडाको संख्या बढ्ने अनुमान गरिएको छ ।
चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा भने भोलि (सोमबार) बाटै गणना सुरु गरिने जनाइएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेठका अनुसार गणनामा खटिने कर्मचारी, हात्ती छनोटसँगै उनीहरूको बासस्थानको व्यवस्थापन लगायतका तयारी भइरहेको छ । नेपालमा सन् २०१५ मा भएको पछिल्लो गणनामा ६ सय ४५ गैंडा रहेको पाइएको थियो ।
गोकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा सिफारिस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति