विपद् व्यवस्थापनका लागि साढे १८ लाखको उद्धार सामग्री हस्तान्तरण


विपद् व्यवस्थापनका लागि साढे १८ लाखको उद्धार सामग्री हस्तान्तरण

नेपालगन्ज ९ चैत : जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले सोमवार सुरक्षा निकाय तथा दमकल सेवालाई खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरेको छ ।

विपद् उद्धारका बेला मानवीय तथा भौतिक क्षती न्यूनिकरण तथा सुरक्षा निकायमा हुने खोज तथा उद्धार सामाग्रीको कमि पुरा गर्न सामाग्री वितरज्ञण गरिएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले बताए ।

विपद्को बेला अग्ररुपमा खटिने सुरक्षा निकाय खोज तथा उद्धार सामाग्रीको अभावले विपद् प्रतिकार्य प्रभावित हुने गरेकोले जिल्ला विपद् व्यवस्थापन समितिले १८ लाख ५० हजार बरावरको सामग्री हस्तान्तरण गरेको हो ।

सुरक्षा निकायमा रहेका सामाग्री र विपद्का बेला आवश्यक पर्ने थप सामाग्री परिचान गरि अभाव भएका खाडलका आधारमा सामाग्री खरिद गरि वितरण गरिएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

प्रमुख जिल्ला अधिकारी कुरुम्वाडले शसस्त्र प्रहरी वल ३० नम्बर गणलाई ३७ प्रकारको, भैरव प्रसाद गणलाई ३२ प्रकारको र जिल्ला प्रहरी कार्यालय बाँकेलाई ३० प्रकारका खोज तथा उद्धार सामाग्री हस्तान्तरण गरे ।

त्यसैगरि नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर उपमहानगरपालिकालाई १÷१ थान एलमुलियम फायर सुट उपलव्ध गराइएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले जानकारी दिए ।