नेपालगन्ज ९ चैत : नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडाअध्यक्ष दीपक बर्माले कालोपत्रे सडकको शिलान्यास गरेकाछन् ।
वडाअध्यक्ष बर्माले एक हप्ता वित्न नपाउदै अर्को बाटो कालोपत्रेका लागि शिलान्यास गरेका हुन् ।
कारकाँदो चोकदेखि २ सय मिटर पश्चिम राजकुमार बढहीको घरदेखि मानव धर्म सेवा आश्रमजाने पक्कि नालासहितको कालोपत्रे सडक निमार्णका लागि सोमबार एक कार्यक्रमकाबिच शिलान्यास गरेका हुन् ।
उक्त शिलान्यास कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहसचिव ओबहादुर खड्का, शेम शाक्य,ऐनबहादुर हमाल, कपील नेपाल लगायतको उपस्थिती रहेको थियो ।
उक्त योजना वडाअध्यक्ष बर्माले संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको ‘तराई मधेश समृद्धि’ कार्यक्रमबाट पार्न सफल भएका हुन् ।
सोही मन्त्रालयबाट अर्को एउटा योजना ल्याउन सफल वडाअध्यक्षले गत फागुनमा शिलान्यास गरि यतिबेला पिच निर्माणको चरणमा रहेको छ । योसंगै वडाअध्यक्ष बर्माले वडामा ५ वटा बाटो निर्माणको शिलान्यास गर्दै अन्य केही पिच बाटाहरु शिलान्यास गरेर निर्माण प्रकृयामा रहेकोछ ।
गोकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा सिफारिस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति