तस्विरमा हेर्नुस् लोभलाग्दो र्पाक
नेपालगन्ज ः नेपालगन्ज उपमहानगरपालिका वडा ४ मा आधुनिक चिल्ड्रेन पार्क निर्माण गरिएको छ । वडाकार्यालय परिसरमै निर्माण गरिएको उक्त पार्कको बुधबार नेपालगन्ज उपमहानगरपालिकाका मेयर डाक्टर धवलशम्सेर राणाले उद्घाटन गरेका छन् । बालबालिकाका लागि व्यवस्थित खेल मैदान नभएको अवस्थामा उपमहानगरपालिकाको सहयोगमा वडाकार्यालय परिसरमै चिल्ड्रेन पार्क निर्माण भएको हो ।

२६ लाख ५० हजारको लागतमा वनेको पार्कमा पानीको फोहरा, चमेना गृह र पार्कको मध्य भागमा विशाल लाइटिङ्ग, पर्खाल, बाटोको समेत व्यवस्था गरेको वडा नम्वर ४ का अध्यक्ष मोहम्मद सफिक बेहनाले बताए । चिल्ड्रेन पार्कको निर्माण कार्य सबै सकिएको चिल्ड्रेन पार्क उपभोक्ता समितिका अध्यक्ष मोहम्मद सलीम मुसलमानले बताए । पार्क र वडा कार्यालयको सुरक्षाका लागि चार वटा सीसि टिभि जडान गरिएको वडा सचिव राजकुमार कार्कीले बताए । स्थानीय बालबालिकालाई खेल्न र मनोरम वातावरणमा रमाउनका लागि आधुनिक पार्क निर्माण गरिएको अध्यक्ष बेहनाले बताउँछन्। पार्क उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका उपप्रमुख उमा थापा मगर, प्रशासकीय अधिकृत हरी प्याकुरेल, विभिन्न् वडाका वडाअध्यक्षहरू, वडा जनप्रतिनिधी, नागरिक समाजका प्रतिनिधी लगायतको सहभागीता थियो ।

आफ्नै सांसदहरू तथानाम बोल्छन्, गृहमन्त्रीलाई धौ-धौ
रोल्पाको थबाङमा पहिराे- १० जनाको शव भेटियो, तीनजना अझै वेपत्ता
राज्यको मुद्दा र पार्टी विभाजनको दोसाँधमा नेपाल फर्किए देउवा
प्रवासका नेपाली पत्रकार र व्यवसायीबीच क्यानडामा छलफल
पत्रकार किशाेर श्रेष्ठ पक्राउ
खाली भो संसद, कहाँ छन् रास्वपाका १८१ सांसदहरू?