बुटवलः बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगर स्थित टिपरले ठक्कर दिदाँ एक जनाको मृत्यु भएकोछ । टिपरको ठक्करबाट गम्भीर घाईते भएका बुटवल बहुमुखी क्याम्पसका प्राध्यापकको मृत्यु भएको हो ।
सोमबार बेलुका सवा सात बजे भएको उक्त दुर्घटनामा बुटवल बहुमुखी क्याम्पसका प्राध्यापक डोलराज अर्यालको मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।
बुटवल उपमहानगरपालिका वडा नम्बर १० रामनगर स्थित धागो कारखाना नजिकै भएको दुर्घटनामा गम्भीर घाईते भएका अर्याललाई उपचारका लागि लैजादैँ गर्दा बाटोमै मृत्यु भएको हो ।
देवदह नगरपालिका खैरेनिबाट बुटवलतर्फ आउँदै गरेको लु २ ख २२३२ नम्बरको टिपरले बुटवलबाट देवदहतर्फ जाँदै गरेको लु २२ प ४९७९ नम्बरको अर्याल सवार मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार अर्यालको टाउकोमा गम्भीर चोट लागेको थियो । ठक्कर दिने टिपर र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । ५० वर्षीय अर्यालले बुटवल बहुमुखी क्याम्पसमा स्वास्थ्य तथा जनसंख्या अध्यापन गराउदै आएका थिए ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश