नेपालगन्ज १८ चैत : अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने तयारी भइरहेको नेपालगन्जको फुल्टेक्रा स्थित तलाउ संरक्षणमा स्थानीय जुटेकाछन् ।
फुल्टेक्रास्थित उक्त तलाउ संरक्षणको माग गर्दै फुल्टेक्राबासीले बुधबार विहान विरोध प्रर्दशन समेत गरेकाछन् ।
नेपालगन्ज उपमहानगरपालिकाको सर्वदलिय र सर्वपक्षिय समितिले केही समय अघि फुल्टेक्रास्थित तलाउ रहेको ठाउँमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने तयारी गरेको थियो ।
उक्त कुरा बाहिरिएपछि फुल्टेक्राबासीले त्यसको विरोध गरेका थिए । स्थानीयबासीको विरोधपछि सो क्षेत्रमा क्रिकेट मैदान निर्माणका लागि माटो पटान कार्य सुरु गरिएको थियो तर, उक्त कार्यलाई स्थानीयले बन्द समेत गरेका थिए ।
दश विगाह बढी रहेको विवादित जग्गालाई हिन्दु र मुस्लिम धर्मावलम्बीहरुले केही दिएर बीचमा क्रिकेट मैदान बनाउने तयारी भएता पनि स्थानीयवासी त्यसको विरोधमा लागेका छन् ।
यो विषयमा अदालतमा मुद्दासमेत परेको छ । बुधबार अदालतबाट न्यायाधीशसहितको टोली जग्गा हेर्न पुग्दा स्थानीयले विरोध जनाउदै तलाउको संरक्षण गर्नु पर्ने बताए ।
नेपालगन्ज उपमहानगरपालिकाले तीन विगाह मुस्लिम समुदाय, दुई विगाहबढी हिन्दु समुदाय र बाँकी रहेको ठाउँमा क्रिकेट मैदान बनाउने तयारी गरेको छ ।
गोकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा सिफारिस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति