विवादित फुल्टेक्रा तलाउको संरक्षणको माग गर्दै स्थानीयको विरोध प्रर्दशन


विवादित फुल्टेक्रा तलाउको संरक्षणको माग गर्दै स्थानीयको विरोध प्रर्दशन

नेपालगन्ज १८ चैत : अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने तयारी भइरहेको नेपालगन्जको फुल्टेक्रा स्थित तलाउ संरक्षणमा स्थानीय जुटेकाछन् ।

फुल्टेक्रास्थित उक्त तलाउ संरक्षणको माग गर्दै फुल्टेक्राबासीले बुधबार विहान विरोध प्रर्दशन समेत गरेकाछन् ।

नेपालगन्ज उपमहानगरपालिकाको सर्वदलिय र सर्वपक्षिय समितिले केही समय अघि फुल्टेक्रास्थित तलाउ रहेको ठाउँमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने तयारी गरेको थियो ।

उक्त कुरा बाहिरिएपछि फुल्टेक्राबासीले त्यसको विरोध गरेका थिए । स्थानीयबासीको विरोधपछि सो क्षेत्रमा क्रिकेट मैदान निर्माणका लागि माटो पटान कार्य सुरु गरिएको थियो तर, उक्त कार्यलाई स्थानीयले बन्द समेत गरेका थिए ।

Kids Festival 2022
kanti aarogya hospital

दश विगाह बढी रहेको विवादित जग्गालाई हिन्दु र मुस्लिम धर्मावलम्बीहरुले केही दिएर बीचमा क्रिकेट मैदान बनाउने तयारी भएता पनि स्थानीयवासी त्यसको विरोधमा लागेका छन् ।

यो विषयमा अदालतमा मुद्दासमेत परेको छ । बुधबार अदालतबाट न्यायाधीशसहितको टोली जग्गा हेर्न पुग्दा स्थानीयले विरोध जनाउदै तलाउको संरक्षण गर्नु पर्ने बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले तीन विगाह मुस्लिम समुदाय, दुई विगाहबढी हिन्दु समुदाय र बाँकी रहेको ठाउँमा क्रिकेट मैदान बनाउने तयारी गरेको छ ।