नेपालगन्ज: बाँकेको डुडुवा गाउँपालिका ६ पट्वारीपुर्वामा आफ्नै श्रीमानले श्रीमतीको हत्या गरेका छन् । मंगलबार घर नजिकैको आलु बारीमा हत्या गरिएको अवस्थामा ३५ वर्षीया राधा मुराउको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले महिलाको हत्या गरिएको अवस्थामा शव फेला परेको जानकारी दिए । ‘महिलाको घाँटीको केही भाग काटिएको अवस्था रहेको छ’ उनले भने,‘हामी अनुसन्धानको क्रममा नै छौं ।’
प्रहरी उपरीक्षक पौडेलले कसैले राधाको हत्या गरेको हुनसक्ने देखिएको बताए । स्थानीयबासीका अनुसार भने ५० वर्षीय बुद्धिराम मुराउले घर नजिकैको बारीमा आलु खन्ने र प्याजमा पानी सिचाई गर्ने क्रममा फरुवाले हानेर राधाको हत्या गरेका थिए । राधा बुद्धिरामकी दोस्रो श्रीमती रहेको बताइएको छ । घटना लगत्तै श्रीमान् बुद्विराम फरार रहेको बाँके प्रहरीले जनाएको छ ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश