आगलागी पीडित महिला, किशोरी तथा बालिकालाई सेनेटरी प्याड वितरण


आगलागी पीडित महिला, किशोरी तथा बालिकालाई सेनेटरी प्याड वितरण

नेपालगन्ज ३० चैत : आगलागीबाट प्रभावित बाँकेको नरैनापुर गाउँपालिकाका महिला, किशोरी तथा बालिकाहरुलाई सेनेटरी प्याड वितरण गरिएकोछ ।

आगलागी पीडित महिला, किशोरी तथा बालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै सहयात्री नेपाल तथा बिन्दु कुंवर समुहले उक्त सेनेटरी प्याड बितरण गरेको हो ।

सहयात्री नेपाल, बिन्दु कुवँर समुहले नरैनापुरका आगलागी पीडित १२० जना महिला, किशोरी र बालिकालाई सेनेटरी प्याड वितरण गरिएको समुहका सल्मान सल्मानीले जानकारी दिए ।

उनका अनुसार उक्त सेनेटरी प्याड वितरणमा समुहका सदस्यहरु स्वेता गुरुङ, अंन्जना चतुर्बेदी, राजेन्द्र बिष्ट, पर्शुराम वारि, ऋतिक शाही, देवा बहादुर क्षेत्री, अरुणा गुरुङ र सपना परियार स्वयम उपस्थित भएका थिए ।

Kids Festival 2022
kanti aarogya hospital
add

समुहद्वारा वितरण गरिएको सेनेटरी प्याडमा नेपालगन्जका वडाअध्यक्षद्वय मोहम्मद सफिक बेहेना र सुनिल सिंह हमालले सहयोग गरेका थिए भने उक्त सामान वितरण कार्यमा यातायातको प्रबन्ध जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओम बहादुर राना र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्काले सहयोग गरेको सदस्य सल्मानीले जानकारी दिए ।

नरैनापुरमा आगलागी हुदाँ ६९ घर पुर्ण क्षति भएको थियो । आगलागी पीडित महिला, किशोरी तथा बालिकाहरुलाई महिनावारीको समयमा हुने समस्या समाधानका निम्ति प्रतिब्यक्ति ३ थान सेनेटरी प्याड प्रदान गरिएको सदस्य श्वेता गुरुङ्गले जानारी दिइन ।