नेपालगन्ज ३० चैत : आगलागीबाट प्रभावित बाँकेको नरैनापुर गाउँपालिकाका महिला, किशोरी तथा बालिकाहरुलाई सेनेटरी प्याड वितरण गरिएकोछ ।
आगलागी पीडित महिला, किशोरी तथा बालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै सहयात्री नेपाल तथा बिन्दु कुंवर समुहले उक्त सेनेटरी प्याड बितरण गरेको हो ।
सहयात्री नेपाल, बिन्दु कुवँर समुहले नरैनापुरका आगलागी पीडित १२० जना महिला, किशोरी र बालिकालाई सेनेटरी प्याड वितरण गरिएको समुहका सल्मान सल्मानीले जानकारी दिए ।
उनका अनुसार उक्त सेनेटरी प्याड वितरणमा समुहका सदस्यहरु स्वेता गुरुङ, अंन्जना चतुर्बेदी, राजेन्द्र बिष्ट, पर्शुराम वारि, ऋतिक शाही, देवा बहादुर क्षेत्री, अरुणा गुरुङ र सपना परियार स्वयम उपस्थित भएका थिए ।

समुहद्वारा वितरण गरिएको सेनेटरी प्याडमा नेपालगन्जका वडाअध्यक्षद्वय मोहम्मद सफिक बेहेना र सुनिल सिंह हमालले सहयोग गरेका थिए भने उक्त सामान वितरण कार्यमा यातायातको प्रबन्ध जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओम बहादुर राना र वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक डिल्ली खड्काले सहयोग गरेको सदस्य सल्मानीले जानकारी दिए ।
नरैनापुरमा आगलागी हुदाँ ६९ घर पुर्ण क्षति भएको थियो । आगलागी पीडित महिला, किशोरी तथा बालिकाहरुलाई महिनावारीको समयमा हुने समस्या समाधानका निम्ति प्रतिब्यक्ति ३ थान सेनेटरी प्याड प्रदान गरिएको सदस्य श्वेता गुरुङ्गले जानारी दिइन ।

गोकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा सिफारिस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति