भारतमा ज्ञानेन्द्रलाई राजाकै हैसियतमा सम्मान


भारतमा ज्ञानेन्द्रलाई राजाकै हैसियतमा सम्मान

नेपालगन्ज १ बैशाखः नेपालमा राजा ज्ञानेन्द्र शाह सामान्य नागरिकको दर्जामा रहे पनि भारतमा उनलाई राजाकै हैसियतमा सम्मान दिइएको छ ।

धार्मिक भ्रमणको क्रममा भारतको उत्तर प्रदेशमा रहेका राजा ज्ञानेन्द्रलाई भारतका केन्द्रिय राज्यमन्त्री साध्वी निरञ्जन ज्योतीले राजाकै हैसियतमा सम्मान प्रकट गरेकी छन् ।

Kanti Aarogya Hospital Nepalgunj

राजा ज्ञानेन्द्रसँगको भेटका केही तस्विरसहित ट्वीट गर्दै भारतको ग्रामीण विकास राज्यमन्त्री साध्वीले उनलाई ‘राजा’ कै रुपमा सम्बोधन गरेकी छन् । मंगलबार उनले ट्वीट गर्दै लेखेकी छन्, ‘पतञ्जली योगपीठमा नेपाल नरेश श्री ज्ञानेन्द्र वीर विक्रम शाहजी एवं पूज्य सन्तवृन्दसँग पूज्य योगी श्री रामदेव र आचार्य बालकृष्णजीको पावन सानिध्यमा पतञ्जली योगपीठद्वारा आयुर्वेद क्षेत्रमा नवीन अनुसन्धान र सेवा कार्यको विषयमा जानकारी प्राप्त गर्ने अवसर मिल्यो ।’

राज्यमन्त्री साध्वीले मात्र होइन, योग गुरु रामदेवले पनि राजा ज्ञानेन्द्र शाहलाई ‘राजा’ कै रुपमा सम्बोधन गरेका छन् । उनले पनि सोही भेटवार्ताको तस्विरसहित ट्वीट गर्दै भनेका छन्, ‘नेपालका राजा श्री ज्ञानेन्द्र वीर विक्रम शाहजीले आज पतञ्जली योगपीठमा आएर सेवा कार्यको अवलोकन गर्नुभयो ।’ रामदेवका सहयोगी एवं पतञ्जली योगपीठका सहसंस्थापक आचार्य बालकृष्णले पनि ज्ञानेन्द्र शाहलाई ‘नेपालका राजा’ नै भनेका छन् ।