नेपालगन्ज १ बैशाखः नेपालमा राजा ज्ञानेन्द्र शाह सामान्य नागरिकको दर्जामा रहे पनि भारतमा उनलाई राजाकै हैसियतमा सम्मान दिइएको छ ।
धार्मिक भ्रमणको क्रममा भारतको उत्तर प्रदेशमा रहेका राजा ज्ञानेन्द्रलाई भारतका केन्द्रिय राज्यमन्त्री साध्वी निरञ्जन ज्योतीले राजाकै हैसियतमा सम्मान प्रकट गरेकी छन् ।
राजा ज्ञानेन्द्रसँगको भेटका केही तस्विरसहित ट्वीट गर्दै भारतको ग्रामीण विकास राज्यमन्त्री साध्वीले उनलाई ‘राजा’ कै रुपमा सम्बोधन गरेकी छन् । मंगलबार उनले ट्वीट गर्दै लेखेकी छन्, ‘पतञ्जली योगपीठमा नेपाल नरेश श्री ज्ञानेन्द्र वीर विक्रम शाहजी एवं पूज्य सन्तवृन्दसँग पूज्य योगी श्री रामदेव र आचार्य बालकृष्णजीको पावन सानिध्यमा पतञ्जली योगपीठद्वारा आयुर्वेद क्षेत्रमा नवीन अनुसन्धान र सेवा कार्यको विषयमा जानकारी प्राप्त गर्ने अवसर मिल्यो ।’
राज्यमन्त्री साध्वीले मात्र होइन, योग गुरु रामदेवले पनि राजा ज्ञानेन्द्र शाहलाई ‘राजा’ कै रुपमा सम्बोधन गरेका छन् । उनले पनि सोही भेटवार्ताको तस्विरसहित ट्वीट गर्दै भनेका छन्, ‘नेपालका राजा श्री ज्ञानेन्द्र वीर विक्रम शाहजीले आज पतञ्जली योगपीठमा आएर सेवा कार्यको अवलोकन गर्नुभयो ।’ रामदेवका सहयोगी एवं पतञ्जली योगपीठका सहसंस्थापक आचार्य बालकृष्णले पनि ज्ञानेन्द्र शाहलाई ‘नेपालका राजा’ नै भनेका छन् ।
नेपाललाई जलवायु न्यायको ‘अनुदान’ कि क्षतिको भरण?
नेपालगञ्ज अरबी हत्या प्रकरणः साढे दुई वर्षसम्म प्रहरीले जाहेरी नलिएपछि न्याय माग्दै काठमाडौंमा
नेपाललाई न्याय: जलवायु क्षतिपूर्तिका लागि विश्व समर्थन बढ्दै
नेपालमा बाढी तर भारत किन डराउउनुपर्छ?
लुम्बिनीका चार सांसदको पद गयो, जसपाले गर्यो कारबाही
बालबालिकालाई प्रधानमन्त्रीको सन्देश: भविष्यको सपना बुन्ने दिन ल्याउनेछौं