File Photo
नेपालगन्ज १ वैशाख: आज नेपालीहरुको नयाँ वर्ष । नयाँ वर्षको पहिलो दिन बुधबार नेपालगन्जको रामलिला मैदानमा छैंठौं नेपाली झण्डा महोत्सव हुदैँछ ।
प्रत्येक वर्ष १ बैशाखलाई राष्ट्रिय झण्डा दिवस मनाऔं भन्ने सन्देश दिन र राष्ट्रिय झण्डको सम्मानमा सर्बसाधारणलाई थप जागरुक गराउन विगत ६ वर्षदेखि झण्डा महोत्सव गरिदैँ आएको हो ।
‘झण्डाले ३६५ दिन संसारमा हामीलाई चिनाउँछ, एक दिन हामी सबै नेपाली झण्डालाई समय दिउँ’ महोत्सवका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने –‘यो सबैको साझा कार्यक्रम हो, सबैलाई सहभागिताका लागि आह्वान गर्छाैं’ ।
नेपाली राष्ट्रिय झण्डाको बनोट बिशिष्ट प्रकारकोछ । संसारका सयौं झण्डाहरुको बिचमा पनि हाम्रो झण्डा अलग्गै चिनिन्छ । यस झण्डाको ईतिहास निकै पूरानोछ । २५ सय वर्ष अघि भगवान गौतम बुद्ध जन्मनु अघि पनि यस झण्डाको प्रयोग भएको प्रमाणित तथ्य छ । त्यस भन्दा धेरै अघिदेखि यो झण्डा प्रचलनमा छ ।
बजारमा किन्न पाईने झण्डाको रंग र त्यसमा प्रयोग गरिएको चन्द्र र सूर्य फरक–फरक देखिन्छ । यस्तो नहोस् भन्ने सन्देश दिनु पनि महोत्सवको उद्देश्य हो ।
सोही उद्देश्यलाई आत्मसाथ गर्दै हरेक वर्ष झैं यस वर्षको पहिलो दिन आज अर्थात वैशाख १ गते नेपालगन्जको रामलिला मैदानमा बेलुकी ५.२९ बजे भब्य समारोहकाबीच झण्डा महोत्सव शुरु हुदैँछ ।
सो कार्यक्रममा बिभिन्न पेशा र क्षेत्रका बिशिष्ठ व्यक्तित्वहरु सहभागि हुनेछन् । दिवसका अवसरमा देशभक्ति र राष्ट्रियता झल्किने गित, संगित प्रस्तु हुने झण्डा दिवसका संयोजन गरिरहेका बासका कार्यकारी निर्देशक नमस्कार शाहले सेतोखरीलाई जानकारी दिए ।
बिगत ६ बर्ष देखि नेपालगन्जमा भईरहेको महोत्सव पछिल्लो २ वर्ष देखि मुलुकका अन्य स्थानहरुमा पनि गर्न थालिएको छ । यवस वर्ष पनि काठमाण्डौ, पोखरा लगायतका स्थानमा झण्डा दिवस मनाइने शाहले बताए ।
उनले राष्ट्रिय झण्डाको सम्मानका लागि सवैलाई उपस्थिती हुन आग्रह समेत गरेकाछन् । सो क्रममा गायिका झुमा लिम्बु र रैथाने साथीहरुको विशेष सांगितिक प्रस्तुती हुनेछ ।