झण्डा महोत्सवमा झुमाले झुमाईन दर्शक


झण्डा महोत्सवमा झुमाले झुमाईन दर्शक

नेपालगन्ज २ वैशाख : छैठौं नेपाली झण्डा महोत्सव नेपालगन्जसहित देशभर धुमधामका साथ मनाइएकोछ । नयाँ वर्षको पहिलो दिन बुधबार नेपालगन्जको रामलिला मैदानमा छैंठौं नेपाली झण्डा महोत्सवका अवसरमा सांगितिक कार्यक्रम गरियो ।

अन्तरालको आयोजना तथा बास नेपालगन्जको संयोजनमा बुधबार नेपालगन्जको रामलीला मैदानमा छैठौं नेपाली राष्ट्रिय झण्डा महोत्सव मनाइएको हो । अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले झण्डाले नेपालीलाई विश्व सामु पहिचान दिने भएकाले विगत ६ वर्षदेखि नेपालगन्जमा नेपाली राष्ट्रिय झण्डा महोत्सव मनाउन थालिएको बताए ।

कार्यक्रममा बरिष्ठ पत्रकार पूर्णलाल चुके र बासका केन्द्रीय अध्यक्ष रमेश सिटौलाले नेपाली झण्डाको महत्वबारे धारणा राखेका थिए । कार्यक्रममा गायिका झुमा लिम्बु र उनको रैथाने टिमका साथै नेपालगन्जका कलाकारहरु आर्यन महापात्र, करिष्मा पोखरेल र नविना चन्दले गीत गाएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

पहिलोपटक नेपालगन्जमा लाइभ म्युजिक कन्र्सट गरेकी गायिका झुमाले देशभक्ति र राष्ट्रियता झल्किने गितसहित प्रदेशगत चर्चित गित गायकी थिइन । उनको गितमा मन्त्रमुग्ध भएका दर्शक झुमेका थिए ।

प्रत्येक वर्ष १ बैशाखलाई राष्ट्रिय झण्डा दिवस मनाऔं भन्ने सन्देश दिन र राष्ट्रिय झण्डको सम्मानमा सर्बसाधारणलाई थप जागरुक गराउन विगत ६ वर्षदेखि झण्डा महोत्सव गरिदैँ आएको हो ।

‘झण्डाले ३६५ दिन संसारमा हामीलाई चिनाउँछ, एक दिन हामी सबै नेपाली झण्डालाई समय दिउँ’ महोत्सवका परिकल्पनाकार अन्तरालका प्रमुख कार्यकारी जयनारायण शाहले भने –‘यो सबैको साझा कार्यक्रम हो, सबैलाई सहभागिताका लागि आह्वान गर्छाैं’ ।

नेपाली राष्ट्रिय झण्डाको बनोट बिशिष्ट प्रकारकोछ । संसारका सयौं झण्डाहरुको बिचमा पनि हाम्रो झण्डा अलग्गै चिनिन्छ । यस झण्डाको ईतिहास निकै पूरानोछ । २५ सय वर्ष अघि भगवान गौतम बुद्ध जन्मनु अघि पनि यस झण्डाको प्रयोग भएको प्रमाणित तथ्य छ । त्यस भन्दा धेरै अघिदेखि यो झण्डा प्रचलनमा छ ।

बजारमा किन्न पाईने झण्डाको रंग र त्यसमा प्रयोग गरिएको चन्द्र र सूर्य फरक–फरक देखिन्छ । यस्तो नहोस् भन्ने सन्देश दिनु पनि महोत्सवको उद्देश्य हो ।

सोही उद्देश्यलाई आत्मसाथ गर्दै हरेक वर्ष झैं यस वर्षको पहिलो दिन आज अर्थात वैशाख १ गते नेपालगन्जको रामलिला मैदानमा बुधबार बेलुकी भब्य समारोहकाबीच झण्डा महोत्सव मनाइएको हो ।

सो कार्यक्रममा बिभिन्न पेशा र क्षेत्रका बिशिष्ठ व्यक्तित्वहरु सहभागि रहेको थियो । बिगत ६ वर्ष देखि नेपालगन्जमा भईरहेको महोत्सव पछिल्लो २ वर्ष देखि मुलुकका अन्य स्थानहरुमा पनि गर्न थालिएको छ ।

यवस वर्ष पनि काठमाण्डौ, पोखरा लगायतका स्थानमा झण्डा दिवस मनाइएकोछ । कैलालीको चिसापानी स्थित कर्णाली पुलमा ७८ वटा नेपालको झण्डा राखेर नयाँ वर्षको भव्य स्वागत गरिएको छ । सो क्रममा राष्ट्रिय झण्डासंग सेल्फी खिच्ने र टिकटक बनाउनेको बाक्लो उपस्थिती रहेको थियो ।

कोरोना भाइरस संक्रमणकाबीच भएको उक्त महोत्सवमा आयोजकले स्यानिटाइजर, माक्स र सामाजिक दूरीको भरपूर उपयोग गरेको थियो । यद्यपी झुमाले नेपालगन्जबासीलाई सांगितिक प्रस्तुतीले झुमाउदा समाजिक दूरी कायम हुन सकेको थिएन ।