नेपालगन्ज ४ वैशाख : नरैनापुर गाँउपालिका वडा नम्बर– ४ खोदवामा भएको आगलागी पीडित परिवारलाई बासले आज लत्ता कपडा वितरण गरेको छ ।
आगलागी भएको गाँउमा नै पुगी १२ सय जोडी कपडा ५ सय बढी पीडितलाई सो कपडा वितरण गरिएको हो । आगलागी पीडितहरुलाई लगाउने कपडाको आवश्यकता भएको स्थानीयहरुले बताएपछि बासले लत्ता कपडा संकलन गरि वितरण गरेको हो ।
कपडा वितरण कार्यक्रममा बासका कार्यक्रम संयोजक रबिन्द्र बोहरा, नरैनापुर गाँउपालिकाका रोजगार संयोजक मकबुल अहमद मुकेरी, वडा सदस्य चाँदे खाँको रोहवरमा भएको थियो ।
कार्यक्रममा बासका सहजकर्ता इब्राहिम खाँ, स्वयम् सेवकहरु सुसिला थारु, शर्मिला खत्री, प्रदीप बोहरा, रेखा खनाल, अशोक रावल, प्रमिला गिरीको सहभागिता रहेको थियो ।
गोकर्ण डाँगीसहित चारजना सर्वोच्चको न्यायाधीशमा सिफारिस
काँग्रेस महाधिवेशन: आज तेस्रो दिन के-के हुँदैछ?
बाँकेका आर्थिक मुद्दा लिएर सिंहदरबार पुगे अध्यक्ष ओली, राखे ३१ बुँदे माग
पैंतालिस पानामा गगनले कोरेको काँग्रेसको चित्र (प्रतिवेदनको पूर्ण पाठसहित)
यस्तो हुनेछ अबको नेपाली काँग्रेसको केन्द्रीय नेतृत्व
कोहलपुरका मेडिकल सञ्चालकलाई ‘करणी’ मुद्दा, सात दिन थुनामा राख्न अदालतको अनुमति