कावासोती – गए राति ना ८ ख १८४५ नम्बरको ट्रकले लु ४१ प १७२७ नम्बरको स्कुटरलाई ठक्कर दिँदा देवचुली नगरपालिका सिर्जनाचोक बस्ने २२ वर्षीय टीकाराम महतोको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनको दुम्कौलीमा उपचार हुन नसकेपछि भरतपुर पठाइएकोमा आज शुक्रबार बिहान २ बजे मृत्यु भएको हो ।
दुर्घटनामा परी स्कुटरमा सवार सोही स्थान बस्ने २१ वर्षीय भरत गुरौ भने घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको र पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरी नायब उपरीक्ष अर्जुन रानाभाटले जानकारी दिए । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–१० स्थित जङ्गलमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
प्रधानमन्त्रीका ‘हर्कत’मा काँध थापिरहेका रवी
देउवाको हिन्दु डिपार्चर
मन्त्रीका लागि हेलिकप्टर पुग्ने कर्णालीमा बिरामीलाई अस्पताल छैन : सांसद वासना थापा
ओमानमा बम खसाल्ने ट्रम्पको धम्की
न्यायाधीश गोकर्ण डाँगी सवार स्कार्पियो दुर्घटना, हेलिकोप्टरबाट काठमाडौं ल्याउने तयारी
पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश