अस्ताए नेपाली सांगीतिक क्षेत्रका ‘गोल्डेन भ्वाइस’ प्रेमध्वज


अस्ताए नेपाली सांगीतिक क्षेत्रका ‘गोल्डेन भ्वाइस’ प्रेमध्वज

नेपालगन्ज २३ वैशाख : गायक प्रेमध्वज प्रधानको निधन भएको छ । उनको बिहीबार सुन्धारास्थित ‘काठमाडौं न्यूरो एन्ड डेन्टल अस्पताल’मा निधन भएको हो ।

छातीमा समस्या देखिएपछि केही दिन अगाडि उनलाई अस्पतालमा भर्ना गरिएको थियो । ८४ वर्षका प्रधानको उपचारका क्रममा निधन भएको हो ।

प्रेमध्वजको जन्म १९९४ सालमा सिन्धुपाल्चोकको चौतारामा भएको थियो । प्रेमध्वजलाई नेपाली सांगीतिक क्षेत्रमा ‘गोल्डेन भ्वाइस’ उपनामले पनि चिनिन्छ ।

सन् १९६५ मा प्रेमध्वजले उषा मंगेश्करसँग नेपाली चलचित्र ‘माइतीघर’मा गीत गाएका थिए । यस्तै उनले आशा भोस्लेसँग ‘मायालु इन बम्बे’ नामक चलचित्रमा पनि स्वर दिएका छन् ।

Kids Festival 2022
kanti aarogya hospital

सन् १९५२ मा प्रेमध्वजले १६ बर्षकै उमेरमा ‘याद कसैको आइरहन्छ यो अन्धेरी रातमा’ बोलको गीत रेकर्ड गराएका थिए ।

प्रधानका यो नेपाली शीर उचाली, पर लैजाऊ फूलहरु, घुम्तीमा नआऊ है लगायतका गीत चर्चित छन् ।