शहिदका परिवारलाई सम्झदैँ घरघरमा पुगे मेयर


शहिदका परिवारलाई सम्झदैँ घरघरमा पुगे मेयर

बर्दिया १६ जेठ : बर्दियाको बारबर्दिया नगरपालिकाले गणतन्त्र दिवशका अवसरमा वीर शहिद र वेपत्ता पारिएका व्यक्तिका आफन्तसंग घरदैलो अभियान गरी स्वास्थ्य परामर्श प्रदान गर्नुका साथै कोभिडबाट बच्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

१४ औं गणतन्त्र दिवशका अवसरमा संघीय गणतन्त्र स्थापनाका निम्ती बलिदान गर्ने बारबर्दिया नगरपालिकाका ८१ जना वीर शहिद र वेपत्ता योद्धा परिवारसंग भेटघाट गरी स्वास्थ्य चेकजाँच गरी स्वास्थ्य परामर्श प्रदान गरिनुका साथै हाइजिनिक किट पनि वितरण गरिएको नगर प्रमुख दुर्गाबहादुर थारु ‘कविर’ले बताए ।

कोरोनाको बढ्दो कहरका कारण गणतन्त्र स्थापना दिवशका अवसरमा शहिद तथा वेपत्ता पारिएका परिवारलाई एकै स्थानमा भेला गर्न नसकिने अवस्था भएकाले घर–घरमा गएर स्वास्थ्य मरामर्श दिइनुका साथै हाइजिनिक किट वितरण गरिएको थारुले बताए ।

प्रदेश सभा सदस्य तिलक शर्मा हिमालले गणतन्त्र स्थापनाको लागी आफ्ना परिवार आफन्तलाई त्यागेर जनयुद्धमा होमिएर शहिद भएकाको रगत खेर नजाने बताए । उनले जिल्लाको आर्थिक, समाजिक र राजनितिक स्तर बृद्धि गर्नका लागी आफु लागी परेको पनि स्पष्ट पारे ।

Kids Festival 2022
kanti aarogya hospital
add

कोभिड अस्थाई अस्पतालमा उपचार गराइरहेका ११ जना कोभिड संक्रमितको स्वास्थ्य अवस्था बुझनुका साथै स्वास्थ्य समाग्री प्रदान गरिएको उप–प्रमुुख अञ्जु दहितले बताईन् ।

स्वास्थ्य मापदण्डलाई कायम राख्दै शहिद तथा बेपत्ता पारिएका परिवारलाई भेटघाट गर्दा आफन्तले गणतन्त्र स्थापनाका लागी दिएको बलिदानलाई संस्थागत गर्न सुझाव दिएको बारबर्दिया नगरपालिकाका लेखा अधिकृत वसन्तबहादुर शाहीले बताए ।

घरदैलो अभियानमा प्रमुख प्रशासकीय अधिकृत दशरथ बुढा, स्वास्थ्य शाखाका जन स्वास्थ्य निरीक्षक डिल्लीराज शर्मा, नगर प्रवत्ता दुर्गाबहादुर विश्वकर्मा लगायतको सहभागीता रहेको थियो ।