नेपालगन्ज २० जेठ : बाँकेका तत्कालिन सिडिओ रामबहादुर कुरुम्वाङ्गको अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतमा सरुवा भएकोछ ।
उनको अख्तियार प्रदेश कार्यालय प्रमुखमा सरुवा भएको हो । जिल्ला प्रशासन कार्यालय बाँकेमा सिडिओ रहेकै बेला कुरुम्वाङ्गको गृह मन्त्रालयको पेलानमा परेर ईलाका प्रशासन कार्यालय टिकापुर, कैलालीमा सरुवा भएको थियो ।
अख्तियार प्रमुख आयुक्त प्रेम राईको नजिकको मानिएका कुरुम्वाङ्गले पावर लगाएर अख्तियार प्रदेश प्रमुखमा सरुवा गराएका छन् ।
‘मेरो सुर्खेत सरुवा भइसकेको छ । अब केही दिनमै कार्यालयमा हाजिर हुनेछु ।’ सेतोखरीसंग कुरा गर्दै कुरुम्वाङ्गले भने । जनतामाझ लोकप्रिय रहेका कुरुम्वाङ्गलाई अख्तियारमा काम गर्न त्यती सजिलो नहुने धेरैको भनाईछ ।