तत्कालिन बाँकेका सिडिओ कुरुम्वाङ्गको गृह मन्त्रालयमा सरुवा, सिडिओ भएर दाङ जाँदै


तत्कालिन बाँकेका सिडिओ कुरुम्वाङ्गको गृह मन्त्रालयमा सरुवा, सिडिओ भएर दाङ जाँदै

नेपालगन्ज २१ जेठ : बाँकेका तत्कालिन सिडिओ रामबहादुर कुरुम्वाङ्गको अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृहमन्त्रालयमा सरुवा भएकोछ ।

गृह मन्त्रालयले बिहीबार गृहमा सरुवा भएको पत्र कुरुम्वाङ्गलाई पठाएको स्रोतले जनाएकोछ ।

Kids Festival 2022
kanti aarogya hospital

एक महिना अघि कुरुम्वाङ्गको सरुवा गृह मन्त्रालयबाट अख्तिायरमा भएको थियो । केही दिनअघि मात्र कुरुम्वाङ्गको पोस्टिङ्ग अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालयमा भएको थियो । उनी हाजिर नहुँदै पुनः गृह मन्त्रालयमा सरुवा भएको छ ।

गृहबाट उनको पोस्टिङ्ग जिल्ला प्रशासन कार्यालय दाङको सिडिओमा हुने गृह मन्त्रालय स्रोतले सेतोखरीलाई जानकारी दिएकोछ ।