विकासमा सक्रिय वडाअध्यक्ष वर्मा, एकैदिन दुई सडकको शिलान्यास


विकासमा सक्रिय वडाअध्यक्ष वर्मा, एकैदिन दुई सडकको शिलान्यास

नेपालगन्ज २४ जेठ : नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपककुमार वर्माले सोमबार दिउँसो एकसाथ दुईवटा सडकको शिलान्यास गरेका छन् ।

तेजनगरमा २३ लाखको लागतमा दुबैतर्फ नाली सहित निर्माण हुने कालोपत्रे सडकको शिलान्यास गरेलगत्तै अध्यक्ष वर्माले विशलनगर चोकदेखि बनियाँ गाउँ जोड्ने करिब १५२ मिटर लामो सडक कालोपत्रेको शिलान्यास गरेका हुन् ।

दुबै सडकको कार्य यहि असार मसान्तभित्र सम्पन्न हुने वर्माले जानकारी दिए । केहीदिन अघि मात्रै कारकादों स्थित ट्राभेल भिलेजदेखि पुर्वतर्फ अस्फाल्ट सडक निर्माणको उनले शिलान्यास गरेका थिए ।

कोभिड रोकथाम र नियन्त्रणका लागि ब्यक्तिगत तथा वडा कार्यालयको तर्फबाट रचनात्मक कार्य गर्दै आएका वर्माको सक्रियता विकास निर्माणमा पनि उत्तिकै देखिएको छ ।

Kids Festival 2022
kanti aarogya hospital

वडाभित्र सिक्टा सिँचाई आयोजनासँगैको सडक, होटल सिद्धार्थ भ्यू पछाडीको सडक, दुर्गा भवानी टोल, पशुपतिनगर टोल र लग्दहवादेखि बसपार्क जोड्ने सडक शिलान्यास भई कालोपत्रेको कार्य भईरहेको छ ।

चालु आवमा मात्रै आधादर्जन बढि सडकको कालोपत्रेको काम भईरहेको वडा सदस्य दिग्विजय ढुंगानाले बताए । असार भित्रै निर्माण सम्पन्न बनाउन जनप्रतिनिधीहरुले नियमित अनुगमनको कार्य गर्दै आएको ढुंगानाले जानकारी दिए ।