नेपालगन्ज ५ असार : स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाले नेपाल पत्रकार महासँघ बाँके शाखालाई १५ हजार सहयोग गरेको छ ।
महासंघले खरिद गर्न लागेको एम्बुलेन्सका लागि स्वतन्त्र पत्रकार संघले सो रकम सहयोग गरेको हो ।
नेपाल पत्रकार महासंघ बाँके शाखा कार्यालयमा शनिबार स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका अध्यक्ष नमस्कार शाह र राष्ट्रिय पार्षद नीरज गौतमले महासंघका अध्यक्ष दामोदर भण्डारीलाई नगद १५ हजार रकम हस्तान्तरण गरे ।
सहयोग हस्तान्तरण कार्यक्रममा महासंघका सचिव कमल डाँगी, स्वतन्त्र पत्रकार संघ नेपाल बाँके शाखाका सचिव बिरेन्द्र जैसी, सदस्यहरु हेमराज भट्ट, खेम बिष्ट, मुना बिष्ट, तपेन्द्र बहादुर मलाती लगायतको उपस्थिती रहेको थियो ।