लुम्बिनी प्रदेशसहित यी प्रदेशमा भारी वर्षा हुने


लुम्बिनी प्रदेशसहित यी प्रदेशमा भारी वर्षा हुने

नेपालगन्ज १३ असार : लुम्बिनी प्रदेशसहित देशका विभिन्न स्थानमा वर्षा हुने भएकोछ ।

यतिबेला देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू–भाग नजिक मनसुनी न्यून चापिय रेखा रहेका कारण अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुनेछ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

लुम्बिनी प्रदेशका एकदुई स्थान, प्रदेश १ र वाग्मती प्रदेशमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार वाग्मती तथा प्रदेश १ का केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

Kanti Aarogya Hospital Nepalgunj

यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश १ र वाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

भारी वर्षाको सम्भावना रहेका प्रदेशहरुको पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ । यातायात सेवा समेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन पनि भिागले भनेको छ ।

लामो समय पानी परेर गलेको जमिन कमजोर भएको ठाउँमा पहिरो जानसक्ने भएकाले कमजोर पहाड भएका बस्तीहरु स्थानान्तरण गरिनु उचित हुने मौसमविद् बताउँछन् ।

पहाडी भू–भागमा पानी पर्दा तराईका नदीहरुमा बाढी जुनसुकै बेला आउनसक्ने भएकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेहरुले पनि विशेष सर्तक हुनुपर्ने र सकेसम्म रातको समय सुरक्षित ठाउँमा बस्नुपर्नेमा उनीहरुको जोड छ ।