File Photo
हेलम्बु २६ असार : प्रधानमन्त्री केपी शर्मा ओली आज सिन्धुपाल्चोकको बाढी–पहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकनका लागि गएका छन् ।
प्रधानमन्त्री ओली अहिले हेलम्बु क्षेत्रमा छन्, भने यसपछि मेलम्ची क्षेत्रमा पुग्ने छन् । प्रधानमन्त्री ओली मेलम्ची घ्याङमा स्थानीय तहका जनप्रतिनिधि र स्थानीयवासीसँग छलफलपछि गणेशबगर जाने कार्यक्रम छ । उनले मेलम्ची आयोजनाको मुख्य सुरुङको हवाइ निरीक्षण पनि गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्रीका साथमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङलगायत छन् । मनसुन शुरु भएसँगै यही असार १ गतेको अविरल वर्षाका कारण सो क्षेत्रमा बाढी पहिरोबाट जनधनको क्षति भएको थियो । -रासस
नेपालगञ्जबाट सुरु भयाे बुद्ध एयरकाे 'नयाँ उडान'
मैले कहाँ बसेर काम गरेको छु भनेर चिन्ता लिनुपर्दैन, परिणाम हेर्नूस्: गृहमन्त्री
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने