संसद विघटनको फैसला आज


संसद विघटनको फैसला आज

नेपालगन्ज २८ असारः प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला सुनाउँदैछ ।

प्रतिनिनिधसभा विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको सुनुवाई गत असार २१ गते सकिएको थियो । असार ९ गतेदेखि सुरु भएको बहस गत असार २१ गते शुक्रबारमा सकिएको थियो भने त्यसमाथिको अन्तिम फैसला असार २८ गते अर्थात आज सर्वोच्च अदालतले सुनाउने भएको हो ।

जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक संसद विघटन गर्दै निर्वाचनको मिति घोषणा गरेपछि त्यसविरुद्ध परेको रिटमाथिको बहस असार २१ गते मात्रै सकिएको थियो ।

प्रतिनिनिधसभा विघटनविरुद्ध काँग्रेस सभापति शेरबहादुर देउवासहित १४६ जना विघटित प्रतिनिधिसभा सदस्यहरुले दायर गरेको रिटमाथिको फैसला आज आउने भएको छ । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सोमबार सुनवाई सकिएसंगै सर्वाेच्च अदालतले असार २८ गते फैसला सुनाउने भएको हो ।

Kanti Aarogya Hospital Nepalgunj

रिट निवेदक तर्फबाट जवाफी बहस सकिएपछि एमिकस क्युरीले राय समेत दिएको थियो । एमिकस क्युरीले राय दिएसँगै सुनुवाइ पनि सकिएपछि सर्वोच्चको फैसला कस्तो आउने हो भन्दै चौतर्फी चासोका साथ हेरिएकोछ ।

मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ७ गते मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेकी थिइन् । जसविरुद्ध परेका रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक ईजलासमा बहस भएको हो ।

असार ९ देखि शुरु भएको बहस असार २१ मा सकिएको भएपनि त्यसको फैसला आज सुनाइदैछ । संवैधानिक ईजालासमा प्रधान्यायाधीशसँगै न्यायाधीशहरू दीपककुमार कार्की, मिरा खड्का, ईश्वरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराई छन् ।