नेपालगन्ज: नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ वसन्त मल्ल चोकमा भे १त ५३६६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा एकै परिवारका तीन जना घाईते भएका छन् ।
ट्रयाक्टर दुर्घटनामा परि नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनाका ट्रयाक्टर चालक पप्पु काँदू, बुद्धु काँदू र १५ वर्षिय रोहीत काँदू घाईते भएका हुन् । उनीहरु एकैपरिवारका दाजुभाई हुन् ।
ट्रयाक्टर दुर्घटना भए लगत्तै स्थानीयको सहयोगमा घाईतेहरुको उद्धार गरिएको थियो । चालक पप्पु काँदू र सगै बसेका बुद्धु काँदूको टाउको र मुखमा चोट लागेको छ, भने पछाडी ट्रालिमा बसेका रोहीतको बायाँ हातमा चोट लागेकोछ । उनीहरुको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको अस्थायी ट्राफिक प्रहरी पोष्ट फुल्टेक्राका ईन्चार्ज हिरा बस्यालले जानकारी दिए ।
उनका अनुसार घटना भएको खबर पाए लगत्तै हामी घटना स्थलमा पुगेर दुर्घटनाको अवस्था जाँच गरेका छौ, नहरमा खसेको ट्रयाक्टरलाई त्यहाँबाट निकालिसकेकाछौ । चालकको लापरबाही र तीव्र गतिका कारण ट्रयाक्टर दुर्घटनामा परेको हो उनले भने ।
ट्राफिक ईन्चार्ज बस्यालले भने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ पुरैनाबाट तिब्र गतिमा आएको ट्रयाक्टर चालकले वसन्तमल्ल चोकमा एक्कासी बायाँ मोडेर दक्षिणतर्फ जानखोज्दा अनियन्त्रित भएको ट्रयाक्टरसहित उनीहरु नहरमा लडेका थिए । स्थानीय प्रत्यक्षदर्शीका अनुसार ट्रयाक्टर एक पल्टमात्र पल्टेर नहरमा खस्यो धन्न केही भएन हामीहरु सवै मिलेर उनीहरुको उद्दार ग¥यौं । खेतमा काटेर राखेको गहुँ लिन जाने क्रममा उक्त ट्रयाक्टर दुर्घटनामा परेको हो । दुर्घटनग्रस्त ट्रयाक्टरमा समेत क्षती पुगेकोछ ।