राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण गर्दिन : देउवा


राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण गर्दिन : देउवा

File Photo

नेपालगन्ज २९ असार : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपतिको विज्ञप्ति नसच्चिएसम्म शपथ ग्रहण नगर्ने बताएकाछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दै जारी गरेको विज्ञप्ति प्रति नेपाली काँग्रेसका सभापति देउवाले आपत्ति जनाउदै यस्तो बताएका हुन् ।

देउवाले मुख्यसचिव शंकरदास वैरागीलाई बूढानीलकण्ठस्थित आफ्नै निवासमा बोलाएर प्रधानमन्त्री नियुक्ती नसच्चिएसम्म सपथ ग्रहण नहुने स्पष्ट पारे ।

राष्ट्रपतिले संविधानको धारा नै उल्लेख नगरी विज्ञप्ति जारी गरेपछि देउवाले आपत्ति जनाएका हुन् ।

Kanti Aarogya Hospital Nepalgunj

आफू संसदीय दलको नेताको रुपमा प्रधानमन्त्री नभएको र धारा ७६ (५) अनुसार नियुक्त हुनुपर्ने भन्दै देउवाले असहमति जनाएका छन् ।

यस विषयमा राष्ट्रपतिसँग छलफल गर्ने भन्दै मुख्यसचिव बूढानीलकण्ठबाट बाहिरिएका थिए । यो समाचार तयार पार्दासम्म राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको जानकारी आएको छैन ।

विज्ञप्तिबारे विवाद भएपछि देउवा बूढानीलकण्ठ स्थित निवासमा नै रहेकाछन् । साँझ ६ बजे हुने भनिएको शपथ अझै शुरु हुन सकेको छैन ।