नेपालगन्ज ३० असार : नेपालगन्जका वडाअध्यक्ष दीपक बर्माले बुद्धको मुर्तीसहितको पार्क उद्घाटन गरेकाछन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ को कार्यालयको बजेटमा निर्मित बुद्धको प्रतिमा सहित बुद्ध चोक पार्कको वडाअध्यक्ष बर्माले एक कार्यक्रमकाबीच उद्घाटन गरे ।
वडा कार्यालयको ९ लाख ५० हजार रुपैयाँ लागतमा नेपालगन्ज–कोहलपुर सडक खण्डमा उक्त पार्क निर्माण गरिएकोछ ।
नेपालगन्ज–कोहलपुर सडकको भुजईगाउँनजिकै निर्माण भएको पार्क रमणीय देखिन्छ । पार्कमा बुधबार बौद्ध परम्परा अनुसार पुजाआजा गरिएको छ ।
वडा कार्यालयले भौतिक पूर्वाधार, सडक कालोपत्रे र स्तरउन्नतीमा प्राथमिकता दिएको वडा सदस्य दिग्विजय ढुंगानाले जानकारी दिए । वडामा चालु आर्थिक वर्षका अधिकांस विकासका आयोजना सम्पन्न भएका छन् ।
वडाको नेतृत्व सम्हालेसंगै वडाअध्यक्षले वडाको सडक, भौतिक संरचना निर्माण र स्तरउन्नतीमा अग्रणी भूमिका खेल्दै आएकाछन् ।