टोपी दिवस मनाइयो


टोपी दिवस मनाइयो

नेपालगन्ज :‘हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ मंगलबार नेपालगन्ज लगयात देशभरमै छैटौँ नेपाली टोपी दिवस भव्यरुपमा मनाईएको छ ।

नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले आफ्ना दाजुलाई खुशी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतविद्को भनाई छ । नेपाल बाहिर रहेका नेपाली र नेपालीभाषीले पनि नेपाली टोपी लगाउने गरेका छन् । नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ ।

विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर, नेपालका विभिन्न समुदायले आ–आफ्नो पहिचान र
परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । यसैबीच पुरानो वर्ष २०१८ को विदाई र नयाँ अँग्रेजी वर्ष २०१९ को स्वागत गर्दै मनाईंदै छ ।
ग्रेगोरियन पात्रोअनुसार हिजो अर्थात् मंगलवारदेखि इस्वी संवदको नयाँ वर्ष सन् २०१९ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले शुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो ।


नयाँ वर्ष सन् २०१९ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले हिजो एकापसमा शुभकामना आदान–प्रदान गरी मनाउँछन् । ग्रेगोरियन पात्रोका आधारमा चलाइएको इस्वी सन् सौरमासका आधारमा मात्र निर्माण गरिएको पात्रो भएकाले वैज्ञानिक नभएको विभिन्न संवत्को अध्ययन अनुसन्धानमा लागेका डा. शास्त्रदत्त पन्तले जानकारी दिए ।