नेपालगन्ज १९ साउन : नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएकाछन् ।
प्रधानमन्त्री देउवाले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाललाई यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाको निर्देशन बमोजिम ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री भुसालले कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजीनामा दिन आग्रह गरेकी थिइन् । तर, शाक्यले तत्काल राजीनामा नदिने र सरकारले हटाए अदालतमा जाने बुझिएकोछ ।
केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारबाट नियुक्ति पाएका शाक्यलाई कार्यसम्पादन राम्रो नभएको भन्दै कार्यकारी निर्देशकबाट हटाउने तयारी गरिएको हो । उनले राजीनामा नदिए स्पष्टीकरणमार्फत् हटाउने तयारीमा ऊर्जामन्त्री भुसाल रहेको ऊर्जा मन्त्रालय स्रोतले बताएको छ ।
ओली सरकारले घिसिङको कार्यकाल सकिएको झण्डै पाँच महिनापछि २७ माघ २०७७ मा सरकारले शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।
घिसिङको नियुक्तिपछि विद्युत् प्राधिकरण नाफामा जाने अपेक्षा गरेको बालुवाटार स्रोतले जनाएको छ ।
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ