नेपालगन्ज २२ साउनः सञ्चार माध्यममा प्रकाशित/प्रसारित सामग्री साभार गरी सम्प्रेषण गर्दा अनिवार्यरूपमा मूल स्रोतको अनुमति लिएर मात्र सम्प्रेषण गर्न/गराउन प्रेस काउन्सिलल नेपालले आग्रह गरेको छ ।
काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकको निर्णय समेतको आधारमा बिहीबार एक विज्ञप्ति जारी गर्दै सञ्चार माध्यममा प्रकाशित/प्रसारित सामग्री बिना अनुमति साभार गरी सम्प्रेषण गर्ने गरेको विषयमा उजुरी तथा जनगुनासाहरू बढेको भन्दै यस्तो निर्णय गरेको जनाएको छ ।
बैठकले ‘सञ्चार माध्यममा प्रकाशित/प्रसारित समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति/संस्था स्वयंले काउन्सिलमा लिखित वा अनलाइनबाट उजुरी दिन आह्वान गर्ने’ निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।
पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा (१३) मा ‘समाचार तथा समाचार सामग्री प्रकाशन/प्रसारण वा बाह्य लिङ्कहरूलाई प्रकाशित गर्नुअघि तिनको विश्वसनीयता परीक्षण गर्नुपर्ने’ व्यवस्था रहेको छ ।
सञ्चार माध्यममा समाचार सामग्री तथ्यहीन, भ्रामक र असन्तुलित भएमा सोबाट असर पर्ने व्यक्ति÷संस्था स्वयंले पैंतीस दिन भित्र काउन्सिलमा लिखित वा अनलाइनमार्फत् उजुरी दिन सकिन पनि काउन्सिलले जनाएको छ ।
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ