दार्चुला २३ साउन : घरमा एक छाक टार्नै धौधौ रहेका राजन्ती धामीको परिवारलाई आर्थिक सहयोग प्राप्त भएको छ । घरमा कमाउने श्रीमान जयसिंह बेपत्ता भएपछि घरमा चुल्हो बल्ने अवस्था नहुँदा भेट्न पुग्ने व्यक्तिले आर्थिक सहयोग गरेका हुन् ।
शुक्रबारसम्म विभिन्न निकाय र व्यक्तिबाट रु ४१ हजार आर्थिक सहयोग जुटेको छ । बेपत्ता जयसिंहका भाई नरेन्द्रसिंहका अनुसार छानविन समितिका संयोजक एवं गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमले पीडित परिवारलाई भेटेर रु १० हजार आर्थिक सहयोग गरेका छन् ।
यस्तै व्यास गाउँपालिकाले रु २५ हजार, नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सचिव भरत मल्लले रु पाँच हजार तथा सशस्त्र प्रहरीका नरेन्द्र बडालले रु एक हजार आर्थिक सहयोग गरेका छन् ।
बेपत्ता जयसिंहका एक छोरा, एक छोरी र श्रीमती छन् । “छोराछोरी सानै छन्, विदेश जाँदा लागेको ऋण तिर्नुपर्ने एकातिर छ, अर्कोतिर बुवाको जमिनले एक महिना पनि खान पुग्दैन्”, हरकसिंहले भने । वैदेशिक रोजगारी खोज्न काठमाडौँ जाने क्रममा जयसिंह तुईन तर्दा बेपत्ता भएका हुन् । -रासस
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ