एसईईको नतिजा सार्वजनिक


एसईईको नतिजा सार्वजनिक

नेपालगन्ज २३ साउन : कोरोना भाइरस संक्रमणका कारण प्रभावित माध्यमिक शिक्षा परीक्षा(एसईई) को नतिजा प्रकाशन गरिएकोछ ।

राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईईको नतिजा आज सार्वजनिक गरेको हो ।

परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआरबाट हेर्न सकिने गरी नतिजा प्रकाशन गरेकोछ ।

विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकशन गरेको हो । देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए ।

Kanti Aarogya Hospital Nepalgunj

बोर्डले २०७७ सालको नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा इजी सर्भिस प्रालिबाट ३४९४९, आकाश टेक प्रालिबाट ३१००३ र जानकी टेक्नोलोजी प्रालि मार्फत् ३५००१ मा एसएमएस गरेर हेर्न सक्ने र नेपाल टेलिकममार्फत १६०० एनसेलबाट १६०० मा एसएमएस गरेर थाहा पाउन सक्ने व्यवस्था गरेको छ ।

त्यसैगरी बोर्डले २०७७ को एसईईको नतिजा विभिन्न फर्म र संस्थानबाट समेत सार्वजनिक गर्ने जनाएको छ ।

बोर्डले बोर्डको अफिसियल बेवसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि, इडियु संजाल नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटबाट सार्वजनिक गर्ने भएको छ ।

परीक्षार्थीले www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.see.ntc.net.np, www.ekantipur.com, www.ncell.axiata.com बाट एसईईको नतिजा थाहा पाउन सक्ने व्यवस्था बोर्डले गरेको छ ।