नेपालगन्ज २५ साउन : नेपालगन्जको समग्र विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाविच छलफल भएकोछ ।
उपमेयर उमाले सोमबार प्रधानमन्त्री देउवासंग भेटघाट गर्दै नेपालगन्जको विकासमा भएका विभिन्न योजनाका बारेमा जानकारी गराएकी थिइन् ।
प्रधानमन्त्री निवास बालुवाटार पुगि उपमेयर थापाले प्रधानमन्त्री देउवालाई भेट गर्दै समग्र नेपालगन्जको विकासलाई प्राथमिकतामा राख्न आग्रह गरिन् ।
उनले विशेष गरि नेपालगन्जको रिंगरोड, उप महानगरपालिकाले सञ्चालन गरेको छात्रा कलेज, भेरी अस्पताललाई मेडिकल कलेजमा स्तर उन्नति, अन्तराष्ट्रिय क्रिकेट मैदान हालै बन्दै गरेको नाथम कलेज जाने बाटो कालोपत्रे र नगरका बाँकी रहेका भित्री सडक स्तर उन्नति लगायतका योजना समेट्नु पर्ने माग राखिन् ।
उनले राखेको मागलाई सम्बोधन गदै प्रधानमन्त्री देउवाले पश्चिम नेपालको मुख्य ब्यापारिक केन्द्रको रुपमा चिनिएको बाँके जिल्लाको नेपालगन्जका योजनाको विषयमा आफु गम्भीर रहेको बताउँदै यसका लागि आफू लाग्ने बताए ।
राहतका पोका कार्यकर्तालाई दिँदै ओलीले भने- सरकारले बाँड्ला भन्ने विश्वास छैन
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ