नेपालगन्जको विकासका लागि उपमेयर थापा र प्रधानमन्त्री देउवाबीच छलफल


नेपालगन्जको विकासका लागि उपमेयर थापा र प्रधानमन्त्री देउवाबीच छलफल

नेपालगन्ज २५ साउन : नेपालगन्जको समग्र विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालगन्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापाविच छलफल भएकोछ ।
उपमेयर उमाले सोमबार प्रधानमन्त्री देउवासंग भेटघाट गर्दै नेपालगन्जको विकासमा भएका विभिन्न योजनाका बारेमा जानकारी गराएकी थिइन् ।

प्रधानमन्त्री निवास बालुवाटार पुगि उपमेयर थापाले प्रधानमन्त्री देउवालाई भेट गर्दै समग्र नेपालगन्जको विकासलाई प्राथमिकतामा राख्न आग्रह गरिन् ।

Kanti Aarogya Hospital Nepalgunj

उनले विशेष गरि नेपालगन्जको रिंगरोड, उप महानगरपालिकाले सञ्चालन गरेको छात्रा कलेज, भेरी अस्पताललाई मेडिकल कलेजमा स्तर उन्नति, अन्तराष्ट्रिय क्रिकेट मैदान हालै बन्दै गरेको नाथम कलेज जाने बाटो कालोपत्रे र नगरका बाँकी रहेका भित्री सडक स्तर उन्नति लगायतका योजना समेट्नु पर्ने माग राखिन् ।

उनले राखेको मागलाई सम्बोधन गदै प्रधानमन्त्री देउवाले पश्चिम नेपालको मुख्य ब्यापारिक केन्द्रको रुपमा चिनिएको बाँके जिल्लाको नेपालगन्जका योजनाको विषयमा आफु गम्भीर रहेको बताउँदै यसका लागि आफू लाग्ने बताए ।