नेपालगन्ज २९ साउनः सामुदायिक विद्यालयका शिक्षकको तलब बढाइएको छ । साउन १ गतेदेखि त्यो कार्यान्वयन हुदैँछ । देशभर स्थायी, अस्थायी र करार शिक्षकको विद्यमान तलबमा दुई हजार रुपैयाँ बढेको हो ।
शिक्षकको एसएलसीको नतिजाको आधारमा शिक्षकलाई तीन श्रेणीमा छुट्ट्याई तलब दिने गरिएको छ । प्रावि शिक्षकको हकमा दुई विषय वा सोभन्दा बढी विषयमा अनुत्तीर्ण भएर उत्तीर्ण गरेअनुसारको पनि तलब तोकिएको छ ।
हेरौं सामुदायिक विद्यालयका शिक्षकको तह र श्रेणी अनुसार मासिक तलब :
प्रावि तह तृतीय : मासिक ३३ हजार ९३२ रुपैयाँ
प्रावि द्वितीय : ३७ हजार ७२० रुपैयाँ
प्रावि प्रथम : ४७ हजार ५९० रुपैयाँ
दुई विषयसम्म एसएलसी अनुत्तीर्ण : २८ हजार ४१४ रुपैयाँ
दुई विषयभन्दा बढी एसएलसी अनुत्तीर्ण : २६ हजार ८१४ रुपैयाँ रहेकोछ ।
यस्तै, निमावि तह तृतीय : मासिक ३७ हजार ७२० रुपैयाँ
निमावि द्वितीय : ४७ हजार ५९० रुपैयाँ
निमावि प्रथम : ४९ हजार ९८४ रुपैयाँ रहेकोछ ।
यसैगरी, मावि तृतीय : मासिक ४७ हजार ५९० रुपैयाँ
मावि द्वितीय : ५३ हजार १४८ रुपैयाँ
मावि प्रथम : ५८ हजार ८५४ रुपैयाँ रहेकोछ ।