बाँके(नरैनापुर) २९ साउन : बाँकेको नरैनापुरस्थित प्रशिद्ध धार्मिक तिर्थस्थल सन्तानेश्वर मन्दिर क्षेत्रको सरसफाई गरिएको छ ।
नमुना युवा क्लब नरैनापुरको अगुवाईमा मन्दिर क्षेत्रको सरसफाई गरिएको हो । क्लबमा आवद्ध युवा युवतीसहित ४० जनाको समुहले सरसफाई गरेको थियो ।
सन्तानेश्वरको प्रवेशद्धारदेखी मन्दिर परिसर सम्मको क्षेत्रमा सरसफाई गरिएको क्लबको अगुवाई गरेका स्थानीय युवा अरुण यादवले जानकारी दिएका छन् । सरसफाईका लागि उनले ब्यवस्थापन र समन्वयको जिम्मेवारी सम्हालेका थिए ।
बाँकेको नरैनापुरमा रहेको उक्त मन्दिर दर्शन गर्न जाने धार्मिक पर्यटकको संख्या पछिल्लो समयमा एक्कासी बढेको छ ।
नेपालगन्जबाट पुर्वी–दक्षिणमा पर्ने उक्त मन्दिर पहाडको चुचुरोमा अवस्थित छ । मन्दिर दर्शन गर्न जाने पर्यटकले प्लाष्टिक जन्य फोहोर फ्याक्दा मन्दिर क्षेत्र दुर्गन्धित बन्न पुगेको थियो ।
यादवले भने, ‘प्रवेशद्धारदेखी पहाडको चुचुरोमा मन्दिर परिसरसम्म सरसफाई गरेका छौं ।’ उक्त मन्दिर दर्शन गर्नका लागि अचेल दैनिक सयौंको संख्यामा धार्मिक पर्यटक पुग्ने गर्छन् ।
धार्मिक पर्यटकको संख्या बढ्न थालेपछि नरैनापुर गाउँपालिकाले त्यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ । गोरेटो बाटो र अग्लो पहाड भएका कारण धार्मिक पर्यटकहरु मन्दिरसम्म सहज रुपमा पुग्न कठिनाई छ ।
सन्तानेश्वर मन्दिर दर्शन गर्न पुग्ने धार्मिक पर्यटकका लागि गाउँपालिकाले यही साउन २ गते स्वागत कार्यक्रम समेत राखेको थियो ।
उक्त दिन पाँच हजार भन्दाबढी धार्मिक पर्यटक पुगेको गाउँपालिकाले जनाएको छ । सन्तानेश्वर महादेव मन्दिरको प्रचार प्रसार र महत्व बढ्दै गएकाले पछिल्लो समयमा धार्मिक पर्यटकको संख्या बढ्दै गएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताउँछन् ।
उनी भन्छन्, ‘मन्दिरको महत्वबारे प्रचार प्रसार भइरहेको छ, जसले गर्दा धार्मिक पर्यटकहरु बढ्दै गएका छन् ।’
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो