नेपालगन्ज २९ साउन : प्रेस काउन्सिल नेपालले आपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने भएको छ ।
काउन्सिलले आज एक सूचना जारी गर्दैदर्ता भइ सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडी डोमेन दर्ता÷मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम (डोमेन नेम) लिएर सूचीकरण हुनआएमा त्यस्ता न्युजपोर्टललाई सूचीकरण नगर्ने जनाएको हो ।
यस सम्बन्धमा हालै बसेको काउन्सिलको आचारसंहिता अनुगमन उपसमितिको बैठकमायस्तो निर्णय भएको थियो । विधिवत्रुपमा पहिले नै सञ्चालित अनलाइन मिडियाबाट यस्ता विषयमा काउन्सिलमा पटकपटक उजुरी÷गुनासाहरू आउने गरेको सूचनामा उल्लेख छ ।
अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ (पहिलो संशोधन, २०७४) मा अनलाइन सञ्चारमाध्यम सूचना तथा प्रसारण विभागमा दर्ता हुने व्यवस्था रहेको छ ।
पत्रकार आचारसंहिता पालना सम्बन्धमा अनुगमन एवं निरीक्षण र अभिलेखीकरणका लागि प्रेस काउन्सिल नेपालले सूचीकरण गर्दै आएको छ ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो