कपास उद्योगमा आगलागी, दमकलमा छैन पानी


कपास उद्योगमा आगलागी, दमकलमा छैन पानी

नेपालगन्ज : प्रचण्ड गर्मीसँगै बाँकेमा आगलागीका घटना पनि बढेका छन् । तर, तत्कालै आगो नियन्त्रणमा लिन सक्ने औजार र उपकरणको अभाव छ । नेपालगन्ज उपमहानगरपालिकासँग एउटा दमकल छ ।

उक्त दमकलमा जनशक्ति मात्रै होइन आबश्यकताअनुसार पानी स्टोरको अभाव छ । यसले बाँकेबासीहरूले समयमै आगलागी नियन्त्रण गर्न सक्ने अवस्था छैन् । प्रहरीसँग दमकल लगायतका आगो नियन्त्रणका साधन नहुने हुँदा घटनास्थल पुग्ने प्रहरीले बाल्टीनमा पानी बोकेर हाल्ने भन्दा विकल्प् छैन् । उनीहरू निरीह बन्दै आगलागी टुलुटुलु हेरिरहेका हुन्छन् । दमकल एउटा मात्रै हुँदा भनेकै समयमा घटनास्थलमा पुग्न सक्ने अवस्था पनि नभएको बारूण यन्त्र कार्यालयले बताउँछ ।

Kanti Aarogya Hospital Nepalgunj

नेपालगन्ज उपमहानगरपालिका २१ वसन्त मल्ल चोकमा रहेको शारदा कपास उद्योगमा आगलागी भएको छ । सोमबार विहान सवा १० बजे भएको आगलागीबाट लाखौं मूल्यको कपासमा क्षति पुगेको उद्योगका सञ्चाल निरज गुप्ता बताउँछन् ।

आगलागीका कारण विक्रि गर्न तयारी अवस्थामा राखिएको कपास र कच्चा माल जलेर नष्ट भएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक नारायण डाँगीका अनुसार आगलागी नियन्त्रणको प्रयास भइरहेको छ । आगलागी नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिकाको दमकल पुगेपनि पानी अभावले उक्त दमकल फर्किएको छ ।

पानीको जोहो गरेर आगो नियन्त्रणमा फेरि जाने दकमल चालक बताउँछन् । आगलागीको यकिन विवरण अझै आउनसकेकोछैन । के कसरी आगलागी लागेको हो त्यो खुलेकोछैन ।