नेपालगन्ज २९ साउन : मौसममा आएको परिर्वतनसंगै यतिबेला नेपालगन्ज लगायत आसपास क्षेत्रमा भारी वर्षा भइरहेकोछ ।
लामो समयपछि वर्षा भएपछि यतिबेला नेपालगन्ज लगायतका क्षेत्रको मौसम चिसो बनेकोछ । लामो समयदेखि बढेको तापक्रम र किसानले रोपेको धान खेतमा पानी सुकेर धाजा परिरहेका बेला भएको वर्षाले राहत दिएकोछ ।
यसअघि विहीबार बिहानदेखि मौसममा परिर्वतन आई सामान्य वर्षा भइरहेको थियो । दुई दिनदेखिको मौसममा आएको परिर्वतनले यति बेला नेपालगन्जमा भारी वर्षा भइरहेकोछ ।
विहीबार विहानसम्म परेको झरि पछि बन्द भएपनि आकाशमा बादल फाटेको थिएन । छिटफुट वर्षा भइरहेको नेपालगन्जको मौसम शुक्रबार बिहानदेखि परिर्वतन भएको थियो ।
शुक्रबार बेलुका मौसममा आएको परिर्वतनले यतिबेला नेपालगन्जमा वर्षा भइरहेकोछ । वर्षाका कारण नेपालगन्ज कारकाँदो चोक, सेतुविक चोक लगायतका ठाउँमा पानि जमेकोछ । भने सडकमा सर्वसाधरण र सवारी कम गुडेका छन् ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो