नेपालगन्ज २९ साउन : आर्थिक वर्ष २०७८/०७९ को बजेटमा प्रहरीको तलब स्केल बढाइएकोछ ।
प्रहरीको नयाँ तलब स्केल यही साउन १ गतेदेखि लागु भएकोछ । योसंगै प्रहरीले बुझ्दै आएको तलब स्केल समेत बढोत्तरी भएकोछ ।
प्रहरी संगठनभित्र कसको तलब स्केल कति भन्ने कौतुहुलता तपाई हामीमा रहदैँआएकोछ । आउनुहोस् जानौ प्रहरीको कुन दर्जाले मासिक कति तलब बुझ्दछन् ।
प्रहरी संगठनमा सबैभन्दा धेरै प्रहरी महानिरीक्षक (आईजीपी)को तलब स्केल रहेकोछ । भने सबैभन्दा कम रिक्रुटले बुझ्दछन् ।
प्रहरी महानिरीक्षक(आईजीपी) को ६६ हजार ८ सय ६० रुपैयाँ तलब कायम भएको छ । भने सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४ सय ८० रुपैयाँ मासिक तलब पाउँछन् । अघिल्लो वर्षभन्दा यो वर्ष सबै पदमा समानरुपमा २ हजार रुपैयाँका दरले तलब बृद्धि भएको हो ।
प्रहरी महानिरीक्षक (आईजीपी) र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को तलब स्केल बराबर छ । दुबैले ६६ हजार ८ सय ६० रुपैयाँ तलब बुझ्दछन् । दुवैजनाको ग्रेड संख्या २ हो भने ग्रेड दर समान २ हजार ९० रुपैयाँ रहेकोछ ।
यस्तै प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५८ हजार ३ सय १ रुपैयाँ पुगेको छ । डीआईजीको ग्रेड संख्या ३ हो भने ग्रेड दर एक हजार ७६७ रहेकोछ ।
प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) तलब को ५५ हजार ९ सय ६४ रुपैयाँ पुगेको छ भने प्रहरी उपरीक्षक (एसपी) को तलब ५३ हजार ४० रुपैयाँ पुगेको छ । एसएसपीको ग्रेड संख्या ४ हो भने ग्रेड दर एक हजार ६४६ रहेकोछ । यस्तै एसपीको ग्रेड संख्या ५ हो भने ग्रेड दर एक हजार ५१६ रहेकोछ ।
यसैगरी प्रहरी नायव उपरीक्षक (डीएसपी)को ४९ हजार ४ सय ४५ रुपैयाँ कायम भएको छ भने प्रहरी निरीक्षक (इन्स्पेक्टर) को तलब ४८ हजार १ सय २६ रुपैयाँ पुगेको छ । डीएसपीको ग्रेड संख्या ५ हो भने ग्रेड दर एक हजार ४१३ रहेकोछ । इन्स्पेक्टरको ग्रेड संख्या ८ हो भने ग्रेड र एक हजार २६७ रहेकोछ ।
प्रहरी नायव निरीक्षक (सई) को तलब ३८ हजार २ सय ५६ रुपैयाँ र प्रहरी सहायक निरीक्षक(असई) को ३५ हजार २ सय ४१ रुपैयाँ तलब कायम भएको छ । सईको ग्रेड संख्या ८ छ । भने ग्रेड दर एक हजार ७ रहेकोछ । असईको ग्रेड संख्या ७ हो ग्रेड दर ९५३ रहेकोछ ।
त्यसैगरि, प्रहरी हवल्दारको २९ हजार ६ सय १७ रुपैयाँ र प्रहरी जवानको २८ हजार ७ सय ३६ रुपैयाँ तलब तोकिएको छ । प्रहरी हवल्दारको ग्रेड संख्या ७ हो भने ग्रेड दर ८०१ छ । यस्तै प्रहरी जवानको ग्रेड संख्या ८ हो भने ग्रेड दर ७५७ रहेकोछ ।
रिक्रुटको २१ हजार ४ सय ८० रुपैयाँ कायम भएको छ । फलोअर्स, सयस समेतको सुरुको तलब स्केल २१ हजार ४ सय ८० रुपैयाँमा १० औं ग्रेडको प्रतिग्रेड ७ सय १६ रुपैयाँका दरले २८ हजार ६ सय ४० रुपैयाँ कायम भएको छ ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो