अर्घाखाँची ३० साउनः ज्येष्ठ नागरिक जिल्ला सङ्घ अर्घाखाँचीले पत्रकार निमबहादुर रिजालको अग्रसरतामा सन्धिखर्क नगरपालिका–४ वांगलामा बैकुण्ठपुरी सङ्ग्रहालय स्थापना गरेको छ ।
सङ्ग्रहालयमा पुराना सामग्री राखिएको छ । सङ्ग्रहालयमा पुग्दा पुराना पुस्ताले प्रयोग गरेका सामग्री देख्न सकिने सङ्ग्रहालयका अध्यक्ष रिजालले बताए । कपडा राख्ने काठको मदुस, घ्यु राख्ने हर्पे, तेल राख्ने चौठी, मोही पार्ने काठको ठेको, मदानी र दही जमाउने काठको आरी राखिएको छ ।
उखु पेल्ने काठको कोल, तेल पेल्ने काठको कोल, धान कुट्ने ढिकी, मकै पिस्ने जाँतो, हलो, असारमा हिलोमा लगाउने खोक, काठको दूध निकाल्ने डाडु, काठका चप्पललगायतका वस्तु सङ्ग्रहालयको मुख्य आकर्षणका रुपमा रहेको बैकुण्ठपुरी सङ्ग्रहालयका व्यवस्थापक उमा रिजालले बताए ।
पानी आउँदा ओढ्ने सिउ, धर्मशालामा राखिने घैटो, भजनमा बजाउने खैजेडु, डाला, सुपा, तमाखु खान प्रयोग गरिने हुका, चिलिम, पुराना टेपरेकर्डर, भोटे ताल्चा, दाउ र बाँसको कागियोलगायतका थुप्रै वस्तु सङ्ग्रहालयमा राखिएको छ । -रासस
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो