बाँकेमा नागरिक अभियान झन् सशक्त बनाइने


बाँकेमा नागरिक अभियान झन् सशक्त बनाइने

नेपालगन्ज ३० साउन : बाँकेमा नागरिक अभियान झन् सशक्त बनाइने भएकोछ । सार्वजनिक सवालका विषयमा नागरिक स्तरबाट वकालत र पैरवी गर्दा सार्वजनिक सरोकारका साझा सवालको सम्बोधन हुने भन्दै यसल थप शसक्त बनाउन लागिएको हो ।

नागरिक स्तरबाट सार्वजनिक सरोकारका साझा सवाललाई उठान गरि समास्या समाधानका लागि भईरहेको पहलका बारेमा छलफल यस्तो बताइएको हो । उक्त छलफलमा जिल्लाका सार्वजनिक सरोकारका विषय उठान र सम्बोधन गराउन थप रणनीती बनाइएको छ ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्वारा आयोजित छलफल कार्यक्रममा सहभागि नागरिक समाजका अगुवाहरुले जिल्लाका समस्याप्रति सरोकारवाला निकायको ध्यानकषर्ण गराउँदा क्रमिक सुधार भएको र त्यसको अनुभूति आम जनताले गरेको भन्दै थप रणनीति बनाइएको हो ।

उनीहरुले सार्वजनिक सरोकारको सवालामा उच्च अदालतमा दयार गरिएका मुद्दाबाट भएको आदेशको पूर्ण कार्यान्वयनमा अझैँ समस्या रहेको भन्दै सरोकारवाला निकायलाई सोको कार्यान्वयनका लागि आग्रह समेत गरेकाछन् ।

Kanti Aarogya Hospital Nepalgunj

छलफलमा बाँकेमा कोभिड–१९ संक्रमणको व्यवस्थापन, विभिन्न ज्ञापन तथ ध्यानाकषर्ण, अदालतमा दायर गरिएका रीट माथीको आदेश, दबाब जस्ता कार्यक्रमले जिल्लामा सुशासन, शान्ति, सुधार तथा परिवर्तन ल्याएकोले नागरिक समाजको भूमिका प्रभावकारी रहेको ठहर गरिएको छ ।

जिल्लामा ब्याप्त विभिन्न सवालको उठान र सम्बोधनलाई निरन्तर वकालत र पैरवी गर्दा यसको दीगो प्रभावकारीता देखिएको भन्दै यस्ता सार्वजनिक सवालमा सबैको साथ र सहयोग आवश्यक रहेको छलफलमा सहभागिहरुले बताएकाछन् ।

बैठकमा सार्वजनिक सरोकारका मुद्दामा हुने अदालतको आदेशको कार्यन्वयनका लागि सरोकारवाला निकायसंग छलफल गर्ने, आमाको नामबाट नागरिकता वितरण, नागरिक समाजबाट भएका प्रयासहरुको उपलब्धी लगायतका विषयमा ब्यापक छलफल र समिक्षा गर्दै यसको प्रभावकारीता र दीगोपनाका लागि आगामी रणनीति समेत तयार गरिएको आयोजक संस्थाका अध्यक्ष अधिवक्ता विश्वजित तिवारीले बताए ।

उनका अनुसार बैठकमा भेरी अस्पतालमा कोभिड–१९ संक्रमित विरामीको व्यवस्थापनको अवस्था, हालसम्म भएका विभिन्न सहयोग तथा सामाग्रीको विवरण र उपचारका क्रममा पाइएका समस्या तथा समाधानका उपाय लगायतका विषयमा जानकारीका लागि सूचना माग गर्ने पनि निर्णय भएको छ ।

बैठकमा नेपाल बारका केन्द्रीय बरीष्ठ उपाध्यक्ष सुनिल श्रेष्ठ, पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, पत्रकार महासंघ बाँके अध्यक्ष दामोदर भण्डारी, बाँके जिल्ला बारका अध्यक्ष जनकबहादुर शाही, मानव अधिकार संगठन बाँकेका अध्यक्ष प्रह्लादबहादुर कार्की, कानून पत्रकार समाजका अध्यक्ष लोकबहादुर शाह, गैरसरकारी संस्था महासंघ बाँकेका सदस्य सुर्यलाल यादव, फियानका क्षेत्रीय संयोजक सुरेश गौतम, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय सदस्य बसन्त गौतम, मानवअधिकार एलाइन्सका प्रभातसिंह ठकुरी, इन्सेकका विनोद पाण्डे, नागरिक समाजका अभियन्ताहरु विश्वजित तिवारी, बलबहादुर चन्द, कृष्णमुरारी प्रसाद भट्ट, शैलेन्द्र बैश्य लगायतको सहभागिता रहेको थियो ।

आइएचआरसीको नेतृत्वमा रहेको नागरिक समाजका अगुवाहरुको समुहले जिल्लामा भएका विभिन्न सवालहरुप्रति निरन्तर रुपमा खबरदारी गर्दै आएको छ ।