काँग्रेसको महाधिवेशन मंसिर ९ देखि, वडा अधिवेशन भदौ १८ गते


काँग्रेसको महाधिवेशन मंसिर ९ देखि, वडा अधिवेशन भदौ १८ गते

नेपालगन्ज ३० साउन : नेपाली काँग्रेसको १४ औं महाधिवेशन फेरि सरेको छ । सभापति शेरबहादुर देउवाको निवासमा शनिबार बसेको केन्द्रीय समिति बैठकले यस्तो निर्णय गरेको हो ।

आगामी भदौ १९ गतेदेखि गर्ने भनिएको महाधिवेशन अब मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ ।

नयाँ कार्यतालिकाअनुसार क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने मिति भदौ २ गते तोकिएको छ भने निर्वाचन निर्देशिका बुझाउने मिति पनि भदौ २ गते नै तोकिएको छ ।

यस्तै बैठकले वडा अधिवेशन भदौ १८ गते र गाउँ नगरपालिको अधिवेशन भदौ २७ गतेका लागि गर्ने निर्णय गरेकोछ ।

Kanti Aarogya Hospital Nepalgunj

यसैगरी प्रदेशको क र ख क्षेत्रको अधिवेशन असोज १ गते हुनेछ भने संघीय क्षेत्रको अधिवेशन असोज ५ गतेका लागि तय गरिएको छ ।

जिल्लाको अधिवेशनको असोज १० गते हुनेछ भने प्रदेश अधिवेशन कात्र्तिक १० देखि १२ गतेसम्म हुनेछ । केन्द्रीय महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुनेछ ।