हुम्ला ३२ साउन : हुम्लाको दक्षिण भेगका चारवटा गाउँपालिकाका नागरिकलाई सेवा दिने हेतुले स्थापना भएको ईलाका प्रशासन कार्यालय सर्केगाडले ६ वर्षपछि आईतबारदेखि सेवा दिन सुरु गरेको छ ।
सर्केगाड, चङ्खेली, अदानचुली र ताँजकोट गाउँपालिकाका नागरिकलाई नागरिकतालगायत अन्य सिफारिसका लागि तीनदेखि चार दिनको पैदल हिँडेर सिमकोट पुग्नुपर्ने बाध्यता हटोस् भन्ने उद्देश्यले इलाका प्रशासन कार्यालय स्थापना भएपछि आईतबारदेखि यहाँका नागरिकले नागरिकता पाएका छन् ।
सर्केगाड गाउँपालिकामा विसं २०७३ असार ३० गते स्थापना भएको ईलाका प्रशासन कार्यालय छ वर्षपछि आधिकारिकरूपमा कार्य सञ्चालन सुरु भएको हो ।
चारवटा गाउँपालिकाका नागरिकलाई प्रशासनिक सेवा सुविधा सहज रूपमा प्रदान होस् भन्ने उद्देश्यले गृहमन्त्रालयको निर्णयानुसार निजामती सेवा ऐन, २०४९ को दफा १३ बमोजिम कार्यालय प्रमुख उपस्थित नभएसम्मका लागि छ महिनाको कामु शाखा अधिकृतको जिम्मा नायब सुब्बा भीमबहादुर रोकायालाई दिइएको छ ।
नागरिकता र अन्य सिफारिस लिनका लागि तीनदेखि चार दिनको पैदल हिँडेर सदरमुकाम सिमकोटमा जानुपर्ने बाध्यता भएको भए पनि आइतबार सर्केगाडमै नागरिकता पाउँदा खुशी भएको चङ्खेली गाउँपालिका–४ निवासी मनिषा रावलले बताए ।
कामु शाखा अधिकृत रोकायाले आइतबार पद सम्हालेपछि पहिलो दिन पाँच जनालाई नयाँ र दुई जनालाई प्रतिलिपि गरी सात जना सेवाग्राहीलाई सेवा दिइएको बताए ।
स्थानीय जनतालाई घरदैलोमै छिटोछरितो र पारदर्शी ढङ्गमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाको मध्यवर्ती क्षेत्रमा इलाका प्रशासन स्थापना भएको कामु शाखा अधिकृत रोकायाले बताए । अबदेखि नागरिकता, सिफारिस, राहदानीका साथै अन्य सिफारिसका लागि ईलाका प्रशासन कार्यालयमा सेवा लिन पाउने भएको रोकायाले बताए । -रासस
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो