नेपालगन्ज १ भदौ : नेपाल पत्रकार महासंघ बाँके शाखाका पूर्व अध्यक्ष एबम पत्रकार झलक गैरै मानव अधिकार पुरस्कारबाट पुरस्कृत गरिएकोछ ।
दैनिक नेपालगन्ज पत्रिकाका प्रकाशक/प्रधान सम्पादक समेत रहेको गैरेलाई राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार पुरस्कार प्रदान गरेको हो ।
आयोगले सोमबार काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रमका बीच पत्रकार गैरेलाई नगद ५० हजार सहित सम्मान गरेको छ ।
नेपालगन्ज न्यूजडटकमका सञ्चालक समेत रहेका गैरेलाई आयोगले पत्रकारिताको माध्यमबाट मानव अधिकारको क्षेत्रमा पुर्याएको योगदान वापत सम्मान गरिएको हो । उनलाई आयोगका अध्यक्ष तप बहादुर मगरले प्रमाणपत्र र नगद हस्तान्तरण गरि पुरस्कृत गरेका थिए ।
यस्तै आयोगले आयोगको नेपालगन्ज स्थित कार्यालय प्रमुख झंकर रावल र सन्तोष चन्दलाई पनि पुरस्कृत गरेको छ । मानवअधिकार क्षेत्रमा विशेष योगदान पु¥याउने ब्यक्तिलाई मानव अधिकार आयोगले हरेक वर्ष पुरस्कृत गर्दै आएकोछ ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो