सीतापुर ३ भदौ : बाँकेको खजुरा गाउँपालिका–२ बाबास्थान स्थित सितापुर सामुदायिक सिकाई केन्द्रमा बिहीबार ‘सिकाईमा स्थानीय सरकारको भूमिका र समसामयीक शैक्षिक सवालमा अन्तरक्रिया’ गरिएको छ ।
शिक्षाका लागि नागरिक सञ्जाल बाँकेको आयोजनामा आयोजित कार्यक्रममा सेवानिवृत शिक्षक कृष्णमुरारी प्रसाद भट्टले कार्यपत्र प्रस्तुत गरेका थिए ।
शिक्षामा सुशासन कायम गर्नुपर्ने, गुणस्तरीय शिक्षामा ध्यान दिनुपर्न, विद्यालयमा राजनीति बन्द गर्नुपर्ने, शिक्षक अभावको समस्या समाधान गर्नुपर्ने, संविधानपछि स्थानीय तहमा अधिकार विकेन्द्रीकरण भएको अवस्थामा विद्यालयको गुणस्तर सुधार गर्न स्थानीय तहले भूमीका खेल्नुपर्ने, शिक्षकले पनि सेवा प्रभावकारी बनाउनुपर्ने लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरीएको थियो ।
विद्यालय मर्ज र जटिलता, स्थानीय भाषामा पाठ्यक्रम निर्माण गर्ने लगायतका विषय पनि कार्यपत्रमा समावेश गरिएको थियो ।
कार्यक्रममा सामुदायीक विद्यालयमा अंग्रेजी भाषामा पढाई हुनुपर्ने अभिभावकहरुले बताएका छन् । निजी विद्यालयमा अंग्रेजी माध्याममा पढाई हुने भएकाले विद्यार्थीहरुको आर्कषण बढेकाले सामुदायीक विद्यालय अंग्रेजी भाषामा समेत पढाई शुरु गनुपर्ने उनीहरुको सुझाव छ । विस २०६८ को तत्थ्यांक अनुसार बाँकेमा ५२४ विद्यालय रहेका छन् । सामुदायीक सिकाइ केन्द्र २४ वटा सञ्चालनमा छन् ।
कार्यक्रममा सेवानिवृत्त विद्यालय निरीक्षक विष्णु सुवेदी र सेवानिवृत शिक्षक गोविन्द प्रसाद घिमिरेले टिप्पणी गरेका थिए । विद्यालयको स्तर सुधारका लागि अभिभावक, शिक्षक, विद्यार्थी र व्यवस्थापन पक्षबीच समन्वय हुनुपर्नेमा उनीहरुको जोड थियो ।
कार्यक्रममा सामुदायीक विद्यालयमा गणीत, विज्ञान र अंग्रेजी विषयमा बालबालिका कमजोर रहेकोले यसलाई बलियो बनाउनका लागि सम्बद्ध सरोकारवालाले चासो दिनुपर्ने स्थानीय राजकिशोर महतरा क्षेत्री बताउँछन् ।
दुई जना जीवितै निकालिएको सुरुङमा अझै ४० जना हुनसक्ने अनुमान
अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा
नेपालको ‘विपद ब्रिफिङ’ गर्न प्रधानमन्त्री आफै राष्ट्रसंघ जाने
भदौ २२मा राष्ट्रिय शोक, २३ गते ‘जेनजी सहीद दिवस’, सरकारले अरु के निर्णय गर्यो?
आफ्नै सरकारलाई रास्वपाले भन्यो, खोज र उद्धारलाई अझै प्रभावकारी बनाऊ
कृष्णभीर: त्यो बेला पहिरो खस्थ्यो, यसपालि बाटो नै खस्यो